दुई बालबालिकालाई छात्रवृत्ति प्रदान

२१ कार्तिक २०७६, बिहीबार १९:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : आर्थिक अवस्थाले कमजोर नेपालगञ्जका दुई बालबालिकालाई तीन वर्षका लागि छात्रबृति प्रदान गरिएको छ । नेपालगञ्जका निर्माण व्यवसायी टेकबहादुर खड्काले आर्थिक अवस्थाले पढनमा समस्या भएका दुई बालबालिकालाई तीन वर्षका लागि छात्रबृति प्रदान गरेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ को कार्यालयमा बिहीवार एक कार्यक्रमको आयोजना गरी नेपालगञ्ज–१० गोसाई गाउँ बस्ने अभय मिश्रा र नेपालगञ्ज–१२ बस्ने सम्रिन पठानलाई तीनतीन वर्ष छात्रबृति प्रदान गरिएको हो । निर्माण व्यवसाय सेवा संघ बाँकेका अध्यक्ष समेत रहेका खड्काले दुबै बालबालिकालाई तीन वर्षका लागि तीसतीस हजार सहयोग गर्ने जिम्मा लिएका छन् ।
पहिलो वर्षका लागि उनले दुबैलाई नगद दशदश हजार कार्यक्रमस्थलमै प्रदान गरे । शिक्षाबाट बञ्चित तथा आर्थिकरुपले बिपन्न बालबालिकालाई सहयोग गर्नु नै मानव धर्म भएको कुरालाई महसुस गर्दै दुई जना बालबालिकालाई सहयोग गर्न पाएकोमा उनले खुशी व्यक्त गरे ।
नेपालगञ्ज वडा नं.–१०, १२ र समाजिक बिकास मंचको समन्वयमा बालबालिकालाई पहिचान गरी छात्रबृति प्रदान गरिएको मंचका कार्यक्रम संयोजक राम श्रेष्ठले जानकारी दिए । कार्यक्रममा बोल्दै वडा नं.–१२ का अध्यक्ष बुद्धिसागर सुबेदीले मानव धर्मका लागि खड्कालाई धन्यवाद दिए । उनले सबैले यसरी नै समस्यामा परेकालाई सहयोग गरे छिट्टै समाज परिवर्तन हुने बताए । वडा नं.–१० का अध्यक्ष बिन्दु भुषण बस्नेतले बिगतमा पनि खड्काको मनकारी भावनालाई आत्मसात गर्दै अहिलेको योगदानको प्रशंसा गरे ।
कार्यक्रममा सेफ द चिल्ड्रेनकी धन कुमारी भुषाल, रत्नराज ओझा, फुलकुमारी चौधरी, मंचका अध्यक्ष श्याम थापामगर, बरिष्ठ सल्लाहकार घनश्याम उपाध्याय, समाजसेवी हरिबाबु घिमिरे, आमा समूहकी लक्ष्मी खड्का, बालक अजय मिश्राकी हजुरआमा सुनिता मिश्रा, सम्रिनकी आमा सकुन पठान लगायतको रोहवरमा छात्रबृति प्रदान गरिएको थियो । १२ वर्ष अगाडी आगो लागेर आमाको मृत्यु र बुबाको ५ वर्ष अगाडी रक्सी सेवनले मृत्यु भएपछि अहिले अजय गोसाई गाउँमा हजुर बाआमाको संरक्षणमा बस्दै आएका छन् ।
अजय नरायण माबि नेपालगञ्ज ८ कक्षामा अध्ययनरत छन् । त्यस्तै सम्रिन सरस्वती माबि १० कक्षामा अध्ययनरत छिन् । आर्थिक अवस्थाले ९ कक्षा पढ्दै गर्दा बिचमै छाडेर घरमा बसेकी सम्रिनलाई मंचद्वारा सञ्चालित युवा शशक्तिकरण (बुलगार) परियोजना तथा वडा कार्यालयको समन्वयमा पुनः ९ कक्षामा भर्ना गरिएको थियो ।
कोरियनपुरमा बस्दै आएकी सम्रिनको आठ जनाको परिवारमा बुबाको एक्लो कमाईले जीवन निर्वाह भइरहेको छ । बालबालिकालाई छात्रबृति प्रदान गर्ने निर्माण व्यवसायी खड्कालाई सामाजिक कार्यबापत प्रमाणपत्र तथा दोसल्लाले सम्मान समेत मंचले प्रदान गरेको छ ।

Next Post

ईस्लाम धर्मका अन्तिम प्रवर्तक मोहम्मद साव’को जन्मदिन ‘मोहम्मद डे’ को तयारी तिब्र

२१ कार्तिक २०७६, बिहीबार १९:०७
सदरलाइनडटकम, नेपालगञ्ज :  विभिन्न समुदायको आस्था तथा पर्वहरुमा शान्तिपूर्ण रुपले मनाउन बाँकेका अन्तरधार्मिक तथा नागरिक अगुवा सहमत भएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकका सहभागि धर्मगुरु, नागरिक अगुवा, सुरक्षा निकायका प्रमुख सहभागि बैठकले ईस्लाम धर्मका अन्तिम प्रवर्तक मोहम्मद सावको जन्मदिन मोहम्मद डे भव्य तथा […]