ईस्लाम धर्मका अन्तिम प्रवर्तक मोहम्मद साव’को जन्मदिन ‘मोहम्मद डे’ को तयारी तिब्र

२१ कार्तिक २०७६, बिहीबार १९:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  विभिन्न समुदायको आस्था तथा पर्वहरुमा शान्तिपूर्ण रुपले मनाउन बाँकेका अन्तरधार्मिक तथा नागरिक अगुवा सहमत भएका छन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा बिहीबार सम्पन्न बैठकका सहभागि धर्मगुरु, नागरिक अगुवा, सुरक्षा निकायका प्रमुख सहभागि बैठकले ईस्लाम धर्मका अन्तिम प्रवर्तक मोहम्मद सावको जन्मदिन मोहम्मद डे भव्य तथा शान्तिपूर्णरुमा सम्पन्न गर्न सहमति भएको हो ।
ईस्लाम धर्मका अन्तिम प्रवर्तक मोहम्मद सावको जन्मदिन मोहम्मद डे यहि २४ गते आईतबार परेको छ । आइतबार विहान ८ बजेदेखि जामा मस्जिद नेपालगञ्जको अगुवाईमा समुदायले आ–आफ्नो स्थानबाट निकालेको जुलुस नेपालगन्जको बीपि चोकमा जम्मा भएर धम्बोझी, नयासडक, घरबारीटोल हुँदै साहवा नजिक पुगेर समापन हुने कार्यक्रम तय भएको छ । जुलुसमा सजिलै सबैको सहभागिता जनाउनको लागि मोटरसाईकललाई प्रवेश नदिने समेत निर्णय गरिएको जामा मस्जिदका अध्यक्ष फिदा हुसेन हल्वाईले जानकारी दिए ।
सो बैठकले हिन्दू समुदायको बडा दशै, दिपावली, नेपाल संवत, छठ, तथा मुस्लिम समुदायको हिजरी संवत, मोहर्रमलगायतका पर्वहरु सभ्य, भव्य, मर्यादित र व्यवस्थित गराउन महत्वपूर्ण योगदान दिने सबै धर्मगुरु, स्वयम सेवक, तथा सञ्चारकर्मीहरुलाई धन्यबाद दिएको छ ।
साथै सो बैठकले सबै धर्मको पर्व तथा संस्कृतीको संरक्षण गर्न तथा समाजिक सद्भवालाई कायम राख्नको लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्न आव्हान समेत गरिएको छ ।
सो बैठकका धर्मगुरु बागेश्वरी मुल महन्त चन्द्रनाथ योगी, ईस्लाम धर्मगुरु मौलाना जब्बार मञ्जरी, मौलाना मन्सुर, बौद्ध धर्मगुरु गुञ्जबहादुर लामा, सिख समुदायका राजेन्द्र सिंह सरदार, हिन्दू स्वयमसेवक दिपक लोध, केन्द्रीय महोर्रम तथा कर्बला व्यवस्थापन समितिका गुलाम हुसेन हल्वाई, जामा मस्जिदका ईरफान सिद्दिकी, कैफुलबरा खानलगायतको सहभागिता रहेको थियो ।
इसैगरी सो बैठकमा भैरवप्रसाद गणका गणपति नहुल थापा, बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओली, सशस्त्र प्रहरी बल नेपाल, गण हेडक्वाटर नं. ३० का गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, राष्ट्रिय अनुसंधानका उप–अनुसंधान निर्देशक कलमप्रसाद भट्टराई, जिल्ला ट्राफिक कार्यालय नेपालगञ्ज पोष्टका ट्राफिक प्रहरी नायव निरिक्षक भिमराज ओलीलगायतको सहभागिता रहेको थियो ।

Next Post

ब्राउनु सुगर कारोवारी भारतीय नागरिकसहित तीन पक्राउ

२१ कार्तिक २०७६, बिहीबार १९:०७
सदरलाइनडटकम, नेपालगञ्ज  : बाँके प्रहरीले भारतीय नागरिकसहित तीनजनालाई प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले सुराकीको आधारमा बिहीबार साँझ करिव पौने ८ बजेतिर नेपालगञ्ज–९ बिद्युतरोड नजिकैबाट २० ग्राम (प्याकिङ्ग प्लास्टिक सहित) नेपालगञ्ज–९ का राजु […]