चार निर्णय गर्दै लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक सम्पन्न

सदरलाइन संवाददाता २१ फाल्गुन २०८१, बुधबार १९:२२
 

दाङ : लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा निर्णय गदै सम्पन्न भएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले समपूरक तथा विशेष अनुदानका आयोजनाहरू स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने, प्रदेश सचिवहरुको जिम्मेवारी तोक्ने, प्रदेश खानेपानी, सरसफाई तथा स्वच्छता सेवा विधेयकको अवधारणापत्र माथि सैद्धान्तिक सहमति प्रदान गर्ने रहेका छन् ।


यसैगरी लुम्बिनी प्राविधिक विश्वविद्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णयहरू गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कविन्द्र नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बलराम ढकाललाई युवा तथा खेलकुद मन्त्रालय, लोकबहादुर सुनारलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, नारद गौतमलाई उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा र दुर्गा लक्ष्मी श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालका लागि म्यान्मारका राजदूत–लुम्बिनीका मुख्यमन्त्रीबीच शिष्टाचार भेट

२१ फाल्गुन २०८१, बुधबार १९:२२
दाङ : नेपालका लागि म्यान्मारका राजदूत उ म्यो म्यिन्ट माउङले बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेट गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी)मा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने, आपसी सहयोग आदानप्रदान गर्ने तथा सहकार्यलाई विस्तार गर्ने विषयमा छलफल भएको थियो । मुख्यमन्त्री […]

सम्बन्धित