जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन

सदरलाइन संवाददाता २२ असार २०८१, शुक्रबार १८:५८
 

काठमाडौं : पछिल्लो सत्ता समिकरण फेरिए संगै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन धमाधम फिर्ता हुन थालेको छ । एमालेले समर्थन फिर्ता लिएसंगै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।


जसपाले शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । पार्टीको निर्णयपछि अध्यक्ष राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्मथन फिर्ता दिएको पत्र लेखेका छन् ।

जसपाका प्रतिनिधि सभामा ७ सांसद रहेका छन् भने प्रचण्ड नेतृत्वको सरकारमा प्रदिप यादव स्वास्थ्य तथा नवल किशोर शाह वन मन्त्री रहेका छन् । एमालेपछि सरकारबाट बाहिरिने जसपा दोस्रो दल बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा वृक्षारोपण अभियान सुरु, करिव १० हजार विरुवा रोपिने लक्ष

२२ असार २०८१, शुक्रबार १८:५८
कोहलपुर (बाँके)  :  बाँकेको कोहलपुर नगरपालिकाले हरित पालिका बनाउने उद्देश्यले शुक्रबारदेखि वृक्षारोपण अभियान सुरु गरेको छ । कोहलपुर वसपार्क परिसरमा वृक्षारोपण गरेर यो वर्षको अभियान थालिएको हो । नगर प्रमुख पूर्णप्रसाद आचार्य,नगर उपप्रमुख संगिता सुवेदी र निवर्तमान नगर प्रमुख लुटबहादुर रावतले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रमको सुभारम्भ गरेको नगर प्रहरी प्रमुख […]

सम्बन्धित