बैजनाथमा इन्रुडेकद्वारा आड्राको सहयोगमा निर्माण तथा स्तरोन्न्ती गरिएका स्वास्थ्य भवन हस्तान्त्रण

लक्ष्मी तिमिल्सेना २ पुष २०७८, शुक्रबार १९:३९
 


बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउपालिकामा निर्माण तथा पुन निर्माण गरिएका दुई स्वास्थ्य संस्थाका भवन गाउपालिकालाई हस्तान्त्रण गरिएको छ । जापान सरकारको आर्थिक सहयोगमा आड्रा नेपालको तथा इन्रुडेक बाँक प्राविधिक सहयोगमा संचालित नवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजना अन्तगत निर्माण तथा स्तरोन्नती गरिएका स्वास्थ्य संस्थाका भवन बैजनाथ गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।

परियोजनाले बैजनाथ गाउँपालिका वडा न.१ चिसापानीमा प्रसुती गृह, शौचालय निमार्ण वाइरिङ रङरोगन गरी कुल ७ (बरन्डा) सहितको भवन निर्माण गर्नुको साथै वडान ५ बनकटुवा प्राथमिक स्वास्थ्य चौकीको स्तरोन्नती सम्पन्न गरी छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा स्थानीय साझेदार संस्था इन्रुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकायाले गैर सरकारी संस्थाहरुले संचालन गरेका परियोजनाहरुको समय अवधि निश्चित समयका लागि हुने हुँदा यसको संरक्षण गर्नाका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताए ।

उनले स्थानीय संघ संस्थाहरु संग आफ्नै आर्थिक श्रोत नहुने तर अन्तरराष्ट्रिय गैर सरकारी संस्थाहरु संगको समन्वयमा विभिन्न कार्यक्रमहरु संचालन गर्ने हुँदा नवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजनाको लक्ष्य पुरा भएको दाबी गरे ।

सो हस्तन्त्रण कार्यक्रमम जापान आड्रा प्रतिनिधि तथा परियोजना व्यवस्थापक युका ओनिसीले आफु विगत ३ वर्षदेखि बाँके जिल्लामा परियोजनामा आवद्ध रहेर काम गर्दै आइरहेको बताउदै परियोजना सफल बनाउन स्थानीय सरकार र साझेदार संस्थाको योगदान प्रति आफु कृतज्ञ रहेको बताइन ।

हस्तान्तरण कार्यक्रमम आड्रा नेपालका लेखा प्रशासन तथा निर्देशक दिपा श्रेष्ठले सामान्य औषधी नपाएर आमा र बच्चाको मृत्यु आफुले देखेको बताउदै निर्माण सम्पन्न भएको प्रसुती गृहले स्थानीय स्तरमा रहेका समुदाय जो आमा बन्ने तरखरमा रहेकालाई विशेष सहयोग पुग्ने आशा लिएको बताइन ।


श्रेष्ठले परियोजनाको सानो सहयोगमा निमार्ण कार्य सम्पन्न गरेको उल्लेद गर्दै स्थानीय सरकार र स्थानीय साझेदार संस्था इन्रुडेक बाँके प्रति धन्यवाद व्यक्त गरिन । उनले अब स्थानीय दिदी बहिनीहरु बर्थिङ्ग सेन्टरमा नै आमा बन्नका लागि स्थानीय सरकारले प्रोत्साहन स्वरुप विभिन्न कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको औल्याएकी थिइन ।

कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले आड्रा जापान सरकार आड्रा नेपाल र स्थानीय संस्था इन्रुडेकलाई धन्यवाद दिदै स्थानीय सरकारले मातृ शिशु मृत्यु दर न्यूनिकरण गर्नाका लागि स्थानीय स्वास्थ्य संस्थामा बच्चा जन्माएको खण्डमा प्रोत्साहन स्वरुप यातायात बापत एक हजार उपलब्ध गराउने निर्णय गरेको कार्यक्रममा जानकारी गराए ।

अध्यक्ष रुचालले मातृ मृत्यु दर न्यूनिकरण गर्नाका लागि स्थानीय सरकारले प्रत्येक वडाहरु आधारभूत स्वास्थ्य कार्यालय स्थापना गरेको जानकारी दिए । उनले एम्बुलेन्स खरिद गर्नाका लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको समेत जानकारी गराएका थिए ।

कार्यक्रमम आड्रा नेपाल निर्देशक तथा लेखा प्रशासन प्रमुख दिपा श्रेष्ठले निर्माण तथा स्तरोन्नती भएका भवनहरु बैजनाथ गाउँपालिका अध्यक्ष रुचाललाई हस्तान्तरण गरेकी थिइन । यसैगरी भवनहरु तत्कालै अध्यक्ष रुचालले वडा न १ का अध्यक्ष रुपबहादुर मल्ल र वडा नं. ५ का वडा अध्यक्ष मानबहादुर खत्रीलाई हस्तान्तरण हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक, प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी, वडा न १ का अध्यक्ष रुपबहादुर मल्ल, वडा नं. ५ का वडा अध्यक्ष मानबहादुर खत्री, कार्यपालिका सदस्यहरु, गाउँपालिका ईन्जिनियर स्थानीय राजनीतिक दलका प्रतिनिधि, समाजसेवी महिला स्वास्थ्यसेविका लगाएतको सहभागिता रहेको थियो ।

नवजात शिशु तथा बाल स्वास्थ्य सुधार परियोजना र बैजनाथ गाउँपालिकाको कूल ७२ लाख २२ हजार ४ सय ४६ रुपैया भ्याट सहित रकम खर्च गरिएको छ । भंवर भवानी निमार्ण सेवा राप्ती सोनारीले परियोजनामा स्तरोन्नती निमार्ण कार्य गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाका स्थानीय तहहरु स्थानीय पाठ्यक्रम निर्माण गर्दै

२ पुष २०७८, शुक्रबार १९:३९
गुलरिया (बर्दिया)  :  बर्दियाको ६ वटा स्थानीयतहको स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी दुई दिने अभिभुखिकरण गोष्ठी शूरु भएको छ । सो गोष्ठीमा ५ वटा नगरपालिका र एक गाउपालिका सहभागि रहेका छन् । बर्दियाको गुलरियामा शुरु भएको गोष्ठीमा ठाकुरबाबा नगरपालिका, बारबर्दिया नगरपालिका, राजापुर नगरपालिका, गुलरिया नगरपालिका, मधुवन नगरपालिका र गेरुवा गाउपालिकाका शिक्षाका […]