बाँके प्रहरीद्वारा फागुण तेस्रो सातासम्म करिब २ किलो ब्राउन सुगर बरामद

रुद्र सुवेदी २१ फाल्गुन २०८१, बुधबार १८:५२
 

नेपालगञ्ज :  बाँके प्रहरीले चालु आर्थिक वर्षको फागुण तेस्रो सातासम्म ठूलो परिमाणमा लागू औषध नियन्त्रणमा लिन सफल भएको छ । प्रहरीले लागू औषध कारोबारीबाट सबैभन्दा बढी ब्राउन सुगर र नाईट्रोजेपाम ट्याब्लेटस बरामद गर्न सफल भएको तथ्याङ्क छ ।

जिल्ला प्रहरी कार्यालय बाँके अपराध अनुसंन्धान शाखाले दिएको जानकारी अनुसार यो आर्थिक वर्षको फागुण १८ गतेसम्म लागू औषध ओसारपसर तथा कारोबार अभियोगमा १ सय ४३ बटा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी उपरिक्षक कार्कीले दिएको जानकारी अनुसार यो अवधीमा विभिन्न मितिमा १ किलो ९ सय १ ग्राम ७ सय ६० मिलिग्राम ब्राउन सुगर, ४ किलो २ सय २० ग्राम चरेश, २ किलो २ सय २० ग्राम गाँजा, ९ सय मिलि लिटर कोरेक्स र ८ हजार ४ सय ६५ नाईट्रोजेपाम ट्याब्लेटसमित २ सय ६० जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ ।

प्रहरीले आर्थिक वर्ष २०७९–०८० मा लागू औषध कारोबार अभियोगमा विभिन्न मितिमा १ सय ५७ मुद्दामा २ सय ३६ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको थियो । प्रहरीले उनीहरुका साथबाट ८ सय ८२ ग्राम २२ मिलिग्राम ब्राउन सुगर, ६ किलो ८ सय ९५ ग्राम गाँजा, र १ हजार ३ सय २० नाईट्रोजेपाम ट्याब्लेट नियन्त्रणमा लिएको तथ्याङ्कमा उल्लेख छ ।


प्रहरीले आर्थिक वर्ष २०८०–०८१ मा लागू औषध कारोबार अभियोगमा विभिन्न मितिमा १ सय ७७ मुद्दामा २ सय ६४ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको थियो । प्रहरीले उनीहरुका साथबाट ९ सय १५ ग्राम ८ सय १५ मिलिग्राम ब्राउन सुगर, १६ किलो १ सय २३ ग्राम चरेश, १५ किलो १ सय १३ ग्राम अफिम, ५ किलो ८ सय ६८ ग्राम गाँजा, ३ लिटर ३ सय मिलिलिटर कोरेक्स र ८ सय १२ नाईट्रोजेपाम ट्याब्लेट नियन्त्रणमा लिएको तथ्याङ्कमा उल्लेख छ ।

लागू औषध कारोबार अभियोगमा आर्थिक वर्ष २०७९–०८० मा प्रहरी नियन्त्रणमा रहेका २ सय ३६ मध्ये १९ महिला र २ सय ९ नेपाली पुरुष रहेको र यी मध्ये ८ जना भारतीय पुरुष नगरिक रहेको उल्लेख छ ।

लागू औषध कारोबार अभियोगमा आर्थिक वर्ष २०८०–०८१ मा प्रहरी नियन्त्रणमा रहेका २ सय ६४ मध्ये ७ महिला, २ सय ४५ नेपाली पुरुष, १२ जना भारतीय पुरुष रहेको उल्लेख छ ।

यसैगरी आर्थिक वर्ष २०८१–०८२ को फागुण १८ गतेसम्म लागू औषध कारोबार अभियोगमा प्रहरी नियन्त्रणमा रहेका २ सय ६० मध्ये १६ महिला र २ सय ३८ नेपाली पुरुष र ६ भारतीय पुरुष रहेको उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अबैध नदीजन्य पदार्थ ओसार्ने दुई टिप्पर प्रहरी नियन्त्रणमा

२१ फाल्गुन २०८१, बुधबार १८:५२
नेपालगञ्ज :  बाँके प्रहरीले अबैध रुपमा उत्खनन गरिएको नदीजन्य पदार्थ ओसारपसार गर्ने दुई टिप्परलाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक दिपक पातलीले दिएको जानकारी अनुसार बाँके डुडुवा–५ मिलनचोक कम्दीबाट भे १ क १८१६ र भे १ क १८६१ […]