एमालेद्वारा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता

सदरलाइन संवाददाता २० असार २०८१, बुधबार १९:२६
 

काठमाडौं :  पछिल्लो सत्ता समिकरण फेरिएसंगै नेकपा एमालेले  प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले केहीबेरमै औपचारिक रुपमा समर्थन फिर्ताको पत्र दर्ता गरी प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेको जनाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय गरेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्ने विश्वास रहेकोमा त्यसो नभएको बताए ।


उनले प्रधानमन्त्रीबाट मार्ग प्रशस्त नभएपछि नयाँ राष्ट्रिय सहमतिको सरकार गठन प्रक्रिया अघि बढाउन एमालेले सरकारलाई दिएको समर्थन फिर्ताको पत्र दर्ता गर्न लागेको बताए ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फरार प्रतिबादीलाई नियन्त्रणमा लिन भएको झडपमा तीन घाइते

२० असार २०८१, बुधबार १९:२६
नेपालगञ्ज : डाँका चोरी मुद्दामा छ वर्ष कैद सजाय भएका व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा बाँकेको डुडुवा गाउपालिका–६ शिख्खनपुरवामा विहीबार बिहान साढे ८ बजे झडप हुँदा एक प्रहरी सहित तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक नारायण डाँगीले दिएको जानकारी अनुसार डाँका चोरी मुद्दामा […]

सम्बन्धित