नेपालगञ्ज : भारतको जम्मुकश्मीरमा भएको भिडन्तमा परी ज्यान गुमाएका युवाको शव नेपाल ल्याईएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा निवासी ३० वर्षीय प्रेम केसीको शव आइतवार बिहान नेपाल ल्याईएको हो ।
मृतक केसी विगत १४ वर्षदेखि ‘ईण्डियन आर्मी’ मा कार्यरत थिए । पारिवारिक स्रोतका अनुसार शुक्रवार बिहान ५ बजे भएको भिडन्तमा केसीले ज्यान गुमाएका हुन् । मृतक प्रेमका ५ बर्षका छोरा आरब र ७ बर्षकी छोरी अनु छन् ।


यसैबिच उनको आज अन्तिम दाहसंकार गरिएको छ । तुलसीपुरको बबईनदीमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।