९२ ई–रिक्सा अझै पनि नेपालगञ्ज उपमहानगरको कब्जामा

सदरलाइन संवाददाता २४ पुष २०८०, मंगलवार १५:३९
 

नेपालगञ्ज : ई–रिक्सा व्यवस्थापनमा कडाइ गरिरहेको नेपालगञ्ज उप–महानगरपालिकाले नियमविपरीत चलेका ३२ ई–रिक्सालाई नियन्त्रणमा लिएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाको नगर प्रहरीले ई–रिक्साको चेकजाँचलाई कडाइका साथ लागु गरिरहेका छन् । नगरभित्र सूचीकृत नभएका, यातायात कार्यालयमा दर्ता नभएका र अस्थायी चालक अनुमतिपत्र नभएका ई–रिक्साले नेपालगञ्ज नगरपालिकाले पछिल्लो समय कारबाही गरिरहेको छ ।

जसअन्तर्गत आइतबार ३२ वटा ई–रिक्सालाई नियन्त्रणमा लिएको नेपालगञ्ज उप–महानगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियाले बताए ।

नियन्त्रणमा लिइसकेपछि आवश्यक कागजात लिएर आएका १५ ई–रिक्सालाई छाडेको उनले बताए । नेपालगञ्ज नगरमा ई–रिक्साको सङ्ख्या बढ्दै गएपछि व्यवस्थापनमा समस्या देखिएको थियो । ई–रिक्सा चालकहरूमा ट्राफिक नियमको बारेमा जानकारी नहुँदा दुर्घटनाको सङ्ख्या पनि बढिरहेको थियो ।


ई–रिक्सा व्यवस्थापनमा चुनौती देखिएका बेला नेपालगञ्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले व्यवस्थापनको कार्यविधि बनाएर काम गरेका थिए ।

नगरले ई–रिक्सा आवश्यक कागजात चेकजाँचमा कडाइ गरेपछि ई–रिक्सा चालकहरूले दर्ता गर्ने, चालक अनुमति पत्र लिने क्रम बढेको छ । गत मङ्सिर १९ गते देखि ट्राफिक प्रहरीसँगको सहकार्यमा नेपालगञ्ज नगर प्रहरीले ई–रिक्सा चेकजाँच गर्न सुरु गरेको थियो ।

त्यसयता नियमविपरीत चलिरहेका ६ सय २३ ई–रिक्सालाई नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । आवश्यक कागजात लिएर आएका ५ सय ३१ वटा रिक्सालाई कुनै पनि जरिवाना नगरी छोडिसकेको सहायक निरीक्षक कनोजियाले बताए । कागजात बिना चलेका ९२ ई–रिक्सालाई नगर प्रहरीले अझ नियन्त्रणमा लिइरहेको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी नेपालगञ्जमा शुरु

२४ पुष २०८०, मंगलवार १५:३९
नेपालगञ्ज : पश्चिम नेपालका महिला उद्यमीहरुले प्रतिक्षा गरिरहेको लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीको आठौं संस्करण मंगलवारदेखि नेपालगञ्जमा शुरु भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले प्रदर्शनीको उदघाटन गरेका छन् । उदघाटन कार्यक्रममा महिला उद्यमी महासंघ नेपाल अध्यक्ष शोभा ज्ञवाली, तृतीय उपाध्यक्ष बासन्ती प्रधान लगायतको उपस्थिति थियो । महिला उद्यमी संघ […]