खजुराको कोरोना अस्पताल भेरीमा सञ्चालन गरिने

३० श्रावण २०७७, शुक्रबार १८:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको खजुरास्थित कोरोना विशेष अस्पताललाई भेरी अस्पतालबाट सञ्चालन गरिने भएको छ ।
प्रदेश सरकारले सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना आईसोलेशन अस्पताललाई भेरी अस्पतालमा सञ्चालन गर्ने निर्देशन दिएअनुसार शुक्रवार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाड र नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले स्थलगत अनुगमन गरेका छन् ।
भेरी अस्पतालको नयाँ भवनमा सञ्चालन हुने आईसोलेशन केन्द्रको तयारीवारे भेरी अस्पतालका अध्यक्ष प्रमोद धिताल, मेडिकल सुपरिटेन्डण्ट डा. प्रकाश थापा र वरिष्ठ चिकित्सक डा.श्याम सुन्दर यादवले जानकारी गराए । भेरी अस्पतालमा १ साताभित्र आईसोलेशन सञ्चालनमा ल्याउनका लागि तयारी तीब्र पारिएको छ ।
साथै कोरोना परिक्षण ल्यावको समेत अनुगमन गरि ल्यावमा खट्ने कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी कुरूम्वाड र उपमेयर थापाले २४ घण्टाको उर्जाशिल खटाई, पेशाप्रतिको निष्ठा, मातृभुमिप्रतिको कर्तव्यवोध देख्दा उनीहरूको मनोवल उच्च भएको जिकिर गरे ।

Next Post

स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्नेमाथि कारबाही

३० श्रावण २०७७, शुक्रबार १८:१५
सदरलाइनडटकम, नेपालगञ्ज : स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगर्ने नेपालगञ्जका ७७ वटा पसल तथा व्यवसायी कारवाहीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले दुईवटा टोली बनाएर अनुगमनमा खटाएको छ । सामाजिक दुरी पालना नगर्ने, मास्कको प्रयोग नगरी कारोवार गर्ने व्यवसायीलाई कारवाही गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । […]