अबैध नदीजन्य पदार्थ ओसार्ने दुई टिप्पर प्रहरी नियन्त्रणमा

सदरलाइन संवाददाता २१ फाल्गुन २०८१, बुधबार १९:११
 

नेपालगञ्ज :  बाँके प्रहरीले अबैध रुपमा उत्खनन गरिएको नदीजन्य पदार्थ ओसारपसार गर्ने दुई टिप्परलाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक दिपक पातलीले दिएको जानकारी अनुसार बाँके डुडुवा–५ मिलनचोक कम्दीबाट भे १ क १८१६ र भे १ क १८६१ नंबरको टिप्परलाई अवैध नदीजन्य पदार्थ ओसार पसार गरेको अभियोगमा नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको हो ।


बाँकेको राप्ती नदीमा लामो समयदेखि अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी ओसारपसार गर्दै आएको सुचनाको आधारमा प्रहरीले गरेको आकस्मिक चेकजाँचका क्रममा ती दुई टिप्परले अनियमितता गरेको पाईएपछि नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चार निर्णय गर्दै लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक सम्पन्न

२१ फाल्गुन २०८१, बुधबार १९:११
दाङ : लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा निर्णय गदै सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले समपूरक तथा विशेष अनुदानका आयोजनाहरू स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने, प्रदेश सचिवहरुको जिम्मेवारी तोक्ने, प्रदेश खानेपानी, सरसफाई तथा स्वच्छता सेवा विधेयकको अवधारणापत्र माथि सैद्धान्तिक सहमति […]