बाल दिवसमा नरैनापुरमा विभिन्न कार्यक्रम

२९ भाद्र २०७६, आईतवार १८:३६
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको राप्तीपारी नरैनापुर गाउँपालिकामा पनि राष्ट्रिय बाल दिवस मनाइएको छ । वडा नम्बर ६ गंगापुरस्थित जय किसान माविमा बाल दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ ।
बाल दिवसका अवसरमा विद्यालय प्रांगणमा १५ सय विरुवा रोप्ने कार्यको आइतवार शुभारम्भ गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्रकुमार यादवले जानकारी दिए । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । त्यस्तै बाल दिवसका अवसरमा विद्यालयमा आयोजित अतिरिक्त क्रियाकलापमा विभिन्न स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
अध्यक्ष शाहले आफ्नो व्यक्तिगत तर्फबाट कक्षा ११ मा अध्ययनरत ४० जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको यादवले जानकारी दिए । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष शाहले बाल अधिकारको रक्षाका लागि सबैभन्दा पहिले अभिभावकहरुले आफ्ना बालबालिकालाई विद्यालय पठाउनुपर्ने बताए ।
बाल अधिकार संरक्षण र सम्बद्र्धनका लागि गाउँपालिका प्रतिबद्ध रहेको भन्दै उनले बालबालिकाको सर्बाङ्गीण विकासमा आफू दत्तचित्त भएर लाग्ने दाबी गरे । कार्यक्रममा उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तव, महिला तथा बालबालिका शाखा प्रमुख कृष्णाकुमारी चन्द, वडा नम्बर २ का अध्यक्ष मसुदअहमद शाह, वडा नम्बर १ र ४ का सचिव लक्ष्मीकान्त मिश्र लगायतको उपस्थिति थियो ।

Next Post

काँग्रेसको जागरण र खजुरा घट्नाको वास्तविकता !

२९ भाद्र २०७६, आईतवार १८:३६
बाँके खजुरा गाउपालिका वडा नं. १ का भुवनसिंह थापा जो काँग्रेसकै कार्यकर्ता हुन अर्का काँग्रेस कार्यकर्ता असलम भाट जो वडा नं. ७ का बासिन्दा हुन । भुवनलाई आधार बनाएर अस्लमले भुवनले दिएको अभिव्यक्ति सामाजिक सञ्जाल फेशवुकमा पोष्ट गरेको विषयमा भुवन र अस्लम उनीहरु २ जनाको विवादबाट प्रहरी चौकीमा २५ गते […]

सम्बन्धित