सदरलाइनडटकम,
सल्यान : सल्यानको बागचौर नगरपालिका वडा न ४ जलेखर्कमा ट्रयाक्टर दुर्घट्ना हुँदा एक जनाको मत्यु भएको छ भने एक जना घाइते भएका छन् । दाङबाट रुकुम जाँदै गरेको रा १ त २६२८ नं.को ट्रयाक्टर शुक्रवार बिहान दुर्घट्ना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमखोलीले जनाएको ।
ट्रयाक्टर सकडबाट करीब २ सय मिटर तल खसेकाले मृतकको नाम सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
