सदरलाइनडटकम
२० असोज नेपालगन्ज : तीन थान भरुवा बन्दुकसहित तीन जनालाई संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले सार्वजनिक गरेकाहरुमा बारबर्दिया नगरपालिका– १ जमुनीयाका ६४ वर्षीय भक्तबहादुर सुनार, ५२ वर्षीय बलबहादुर सुनार र नेपालगन्ज उप–महानगरपालिका–२० बस्ने ४० वर्षीय इन्द्रबहादुर सुनार रहेका छन् । उनीहरुलाई शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो ।
विशेष सुराकीका आधारमा सुनारको घरमा भरुवा बन्दुक रहेको जानकारी पाएपछि संघीय प्रहरी इकाई कार्यालय नेपालगन्ज र ईप्रका बानियाभारबाट गएको संयुक्त प्रहरी टोलीले छापा मारेर पक्राउ गरिएको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा भरुवा बन्दुकसहित फलामको ससानो टुक्रा तीन थान, हतौडी र फलाम काट्ने छिनो सार्वजनिक गरिएको थियो ।
