अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

१२ फाल्गुन २०७५, आईतवार १४:३९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : पश्चिमी वायुको प्रभावले आज अर्थात् आइतवार देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिवार रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आइतवार मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले आज र भोली देशभर मौसम आंशिकदेखि पूर्ण बदली रही मंगलवार रातिदेखि बुधवार दिनभरी नै पानी पर्ने सम्भावना रहेको छ ।
आइतवार बाँकेसहित देशका अधिकांश स्थानमा एकछिन घाम लाग्ने र एकछिन बदली हुने भइरहेको मौसमविद् कँडेलले बताइन् । मध्यान्हदेखि तीन दिनसम्म देशको मध्य र पूर्वी पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाको विवरणअनुसार आज नेपालगञ्जको अधिकतम तापक्रम २५ र न्युनतम तापक्रम ११ डिग्री सेल्सियस रहेको छ । त्यस्तै जुम्लाको अधिकतम तापक्रम १५ दशमलव ५ र न्युनतम माइनस ० दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

Next Post

पार्टी कार्यालयमै नेविसंघका दुई गुटबीच कुटाकुट

१२ फाल्गुन २०७५, आईतवार १४:३९
सदरलाइनडटकम, काठमाण्डौ : उमेर हद लागू गर्ने नगर्ने भन्ने विषयमा नेपाल विद्यार्थी संघका दुई गुटबीच कुटाकुट भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा कुन्दनराज काफ्ले समूहले ३२ वर्षीय उमेर हद लागू हुनुपर्ने माग राख्दै नाराबाजी गरिरहेको अवस्थामा अर्को समूह पनि पुगेको थियो । दुई पक्षबीच ढुंगा हानाहान र मुक्कामुक्की भएपछि […]