अवैध प्रवेश नरोकिएपछि भारतीय सीमामा कडाई

२९ चैत्र २०७६, शनिबार १४:१५
 

सदरलाइनडटकम,
बैतडी : भारतसँग सीमा जोडिएको बैतडीका सीमाक्षेत्रमा आवागमनमा कडाई गरिएको छ । लकडाउनका बेला महाकाली नदीवाट अबैध रुपमा नेपाल भित्रिने क्रम नरोकिएपछि भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न नाकाहरूमा सशस्त्र प्रहरी परिचालन गरि आवागमनमा कडाई गरिएको हो ।
जिल्लाका विभिन्न १० भन्दा बढी नाका (घाट)हरूमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर ५१ गुल्म बैतडीबाट सीमा क्षेत्रमा पाँच टोली परिचालन भएका सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले जानकारी दिए ।
जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न सीमा क्षेत्रमा ६३ जनाको टोली परिचालन गरिएको उनले बताए । शिवनाथको कुस्मतघाट र नागार्जुनघाट, पञ्चेश्वरको रोलघाट, हल्दुविनायक, धर्मघाट, विनायकघाट, रोडिदेवल र गिरेगडा र दशरथचन्द नगरपालिकाको बारोकोट र तिरखडेनीमा गरि पाँच टोली परिचालन गरिएका छन् ।
लकडाउनमा सीमानाका बन्द भएपछि भारतबाट अबैध रुपमा ट्युब प्रयोग गरी महाकाली नदी तरेर नेपाल भित्रिने क्रम नरोकिएपछि सशस्त्रको टोलीहरू परिचालन गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । अबैधरुपमा नेपाल भित्रिने क्रम रोक्न सीमामा अस्थाई चेक पोइन्ट स्थापना गरी उच्च सतर्कता अपनाइएको उनले बताए ।

Next Post

निःशुल्क भण्डारा सञ्चालन गर्ने नेपालगञ्जको तयारी

२९ चैत्र २०७६, शनिबार १४:१५
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले बाहिरबाट आएर नगर क्षेत्रमा बसोबास गरिरहेका विपन्न समुदायलाई लक्षित गरि निःशुल्क भण्डारा सञ्चालन गर्ने भएको छ । कार्यपालिकाको बैठकले लकडाउनका कारण समस्यामा परेका भाडामा बसोबास गरिरहेका ज्यालादार मजदुर, विद्यार्थीलगायत अन्य विपन्न परिवारलाई दैनिकरुपमा साँझ विहान निःशुल्क खाना खुवाउनका लागि नगरका ५ स्थानमा भण्डारा सञ्चालन गर्ने […]

सम्बन्धित