संविधान रक्षाका लागि प्रचण्डलाई विश्वासको मत दिएको : कांग्रेस प्रवक्ता महत

सदरलाइन संवाददाता १२ माघ २०७९, बिहीबार १३:२०
 

नेपालगञ्ज : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संविधान रक्षाको विषयलाई महत्व दिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताएका छन् ।

नेपाल प्रेस युनियन बाँकेले बिहीवार नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा प्रवक्ता महतले प्रधानमन्त्रीले संविधान रक्षाको पक्षमा उभिने प्रतिबद्धता जनाएकाले तत्कालका लागि विश्वासको मत दिएको बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको पहिलो वैठकमै संसद विघटनको विषयमा प्राथमिकताका साथ अभिव्यक्ति दिएपछि संविधान रक्षाको पक्षमा उभिएर कांग्रेसले तत्काललाई सरकारलाई समर्थन दिएको स्पष्ट पारे ।


“अब आउने दिनमा प्रधानमन्त्री कसरी प्रस्तुत हुनुहुन्छ, राष्ट्रपतिको चुनाबमा पनि उहाँको परिक्षण हुन्छ,“ महतले भने– ’प्रधानमन्त्रीले साझा सहमति बनाउन लाग्छु भन्नुभएको छ, संविधानको मूल मर्म र भावना अनुसार अहिलेको राष्ट्रपतिले काम गर्न नसकेकाले संविधान रक्षा, कानुनी शासनको पक्षमा उभिने राष्ट्रपति बन्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।“ उनले संविधानको संरक्षण गर्ने व्यक्ति नै राष्ट्रपतिका लागि उपयुक्त हुने बताए ।

उनले कांग्रेसले सरकारको खबरदारी गर्दै संसदको मर्यादाभित्र रहेर आफ्नो भूमिका निभाउने बताए । महतले पार्टी अब संगठन निर्माण र पार्टी पंक्तिलाई एकताबद्ध बनाएर लैजाने विषयमा केन्द्रित हुने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारतले ७४औँ गणतन्त्र दिवस मनाउँदै

१२ माघ २०७९, बिहीबार १३:२०
काठमाण्डौ : भारतले बिहीवार ७४औँ गणतन्त्र दिवस मनाउँदैछ । दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतले हरेक वर्ष जनवरी २६ तारिखलाई गणतन्त्र दिवसका रुपमा […]