नेपालगञ्जमा पहिलो पटक फुड फेस्टिभल हुने

३ फाल्गुन २०७६, शनिबार १७:५९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : ऐतिहासिक नगरी नेपालगञ्जमा पहिलो पटक नेपालगञ्ज फुड फेस्टिभल आयोजना हुने भएको छ । होटल व्यवसायी संघ बाँकेको आयोजनामा फागुन २३ देखि २५ गतेसम्म फेस्टिभल सञ्चालन हुने भएको हो ।
पर्यटन क्षेत्रको प्रवद्र्धन तथा स्थानीय समुदायका परिकारहरुको पहिचान गर्ने उद्देश्यले फुडफेस्टिभल गर्न लागिएको आयोजकले जनाएको छ । विभिन्न छिमेकी देशका गुणस्तरीय परिकारहरु, अत्यावश्यकीय उपभोग्य बस्तुहरुको प्रदर्शन गर्दै मौलिक ऐतिहासिक संस्कृतिको संरक्षणका लागि फुड फेस्टिभल गरिने बताइएको छ ।
फुड फेस्टिभल भव्यतापूर्वक सम्पन्न गर्नका लागि संघका अध्यक्ष भिमलाल कँडेलको संयोजकत्वमा शनिवार पाँच सय सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । मूल आयोजक समितिको सदस्यमा पूर्वअध्यक्ष, पदाधिकारीलगायत प्रतिष्ठित अगुवा व्यवसायी रहेको फेस्टिभलका प्रवक्ता डिलाराम शर्माले जानकारी दिए ।

Next Post

खजुरामा जेष्ठ नागरिक स्वास्थ्य शिविर

३ फाल्गुन २०७६, शनिबार १७:५९
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिकामा शनिवारदेखि जेष्ठ नागरिकका लागि बिशेषज्ञ सेवासहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । वडा नं. १ को राधापुरबाट जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य सेवा शुरु गरिएको हो । शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जेष्ठ नागरिकका लागि विशेषज्ञ सेवासहितको शिविर सञ्चालन गरिएको जानकारी दिए […]

सम्बन्धित