Sadarline
२०८३ असोज २७ , मंगलबार

स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन स्थगित



सदरलाइनडटकम,
दाङ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियानले १७ गतेसम्मका लागि संघर्षका कार्यक्रम स्थगित गरेको छ । नेपाली हिन्दू महिलाहरुको महान पर्व तीज पञ्चमीलाई दृष्टिगत गर्दै संघर्षका कार्यक्रम स्थगित गरिएको अभियानका संयोजक विकिरण गौतमले जानकारी दिए ।
प्रतिष्ठानका उपकुलपति डाक्टर संगीता भण्डारीको राजीनामा माग गर्दै संघर्षमा उत्रिएको अभियाननले १७ गतेपछि संघर्षका कार्यक्रम पुनः शुरु गर्ने गौतमले बताए । खस्कदो स्वास्थ्य सेवा, बढ्दो भ्रष्टाचार, सबैखालका अनियमितताका विरुद्ध राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔं अभियान आन्दोलनरत रहेको भन्दै उनले सबैखालका समस्याको जड प्रतिष्ठानकी उपकुलपति डाक्टर भण्डारीनै भएकाले उनको राजीनामा नआउँदासम्म संघर्ष जारी राख्ने चेतावनी दिए ।

प्रकाशित मिति : २०७६ भदौ १४ गते शनिबार
ताजा समाचार