प्रकोपको बेलामा स्वास्थ्यको तयारीको बारेमा समीक्षा तथा समन्वायत्मक बैठक

१७ असार २०७६, मंगलवार २०:२०
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  प्रकोपको बेलामा स्वास्थ्य क्षेत्रबाट प्रवाह गरिने सेवा सुविधा र तयारीको बारेमा बाँकेका सबै स्थानीय तहका स्वाथ्य शाखाको बीचमा समीक्षा तथा समन्वायत्मक बैठक सम्पन्न भएको छ ।
जिल्ला विपद व्यवस्थापन समिति बाँकेका फोकलपर्शन समेत रहेको सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालको अध्यक्षतामा र स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा सम्पन्न भएको सो कार्यक्रमममा सहभागि विभिन्न पालिकाका स्वास्थ्य संयोजकहरुले आ–आफ्नो तयारीको बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले विपदको बेलामा गर्ने तयारी र संघ, प्रदेश र स्थानीय तहका संरचनाहरुको बारेमा सहजिकरण गरेका थिए । उनले प्रकोपको बेलामा द्रुत प्रतिकार्य टोलीले गर्नु पर्ने काम कर्तव्य संगै प्रकोपले पार्न सक्ने क्षेतीको सुचना संप्रेशण गर्न सक्ने गरी समुदाय स्तरमा समेत संरचना निर्माण गर्नपर्ने आवश्यक्तालाई औल्याए ।
जिल्ला विपद व्यवस्थापन समिति बाँकेको तर्फबाट स्वास्थ्य क्षेत्रले दिनुपर्ने सेवा सुविधाको अवस्थाको बारेमा गौरिलाल कार्कीले सहजिकरण गरेको कार्यक्रममाथिको प्रकाश स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख प्रेम केसीले पारेका थिए ।
सहभागि पालिकाका स्वास्थ्य प्रमुखहरुले आफ्नो पालिकाको वडा तहसम्मका जोखिम पहिचान गरी तयारी गर्नुको साथै प्रकोपको बेलामा महामारी फैलन नदिई मानविय क्षति न्युनिकरण गर्नको तयारी अवस्था औषधिको स्टकदेखि अन्य तयारी समेत पुरा भएको जानकारी गराएका थिए ।  

Next Post

लिबियामा हवाई आक्रमण हुँदा ४० को मृत्यु

१७ असार २०७६, मंगलवार २०:२०
सदरलाइनडटकम, काठमाण्डौ : लिबियाको आप्रवासी शिविरमा भएको हवाई आक्रमणमा कम्तीमा ४० जनाले ज्यान गुमाएका छन् । लिबियाको राजधानी त्रिपोलीको पूर्वी भागमा भएको आक्रमणमा अन्य ८० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । आक्रमणमा परेर ज्यान गुमाउनेमा धेरै अफ्रिकी आप्रवासीहरु रहेका छन् । पछिल्ला केही वर्षमा यूरोप जाने आप्रवासीहरुका लागि लिबिया […]

सम्बन्धित