बैंकका सुरक्षागार्डले आफ्नै पेटमा हाने खुकुरी

१४ जेष्ठ २०७६, मंगलवार १५:२३
 

सदरलाइनडटकम,
दैलेख : दैलेख सदरमुकामस्थित मेगा बैँकमा कार्यरत सुरक्षागार्ड प्रमुखले आत्महत्या प्रयास गरेका छन् । दैलेखको नौमुले गाउँपालिका ६ घर भएका ४७ वर्षीय हस्तबहादुर रानाले आफ्नै पेटमा खुकुरी हानेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेम क्षत्रीले बताए ।
प्रहरीका अनुसार मानसिक सन्तुलन ठीक नभएका कारण उनले आत्महत्या प्रयास गरेको हुन सक्ने बताइएको छ । सोमवार राति बैंक शाखा प्रबन्धक मञ्जु चन्दलाई कसैले आफुमाथि आक्रमणको प्रयास गरेको फोन गरेपछि जिल्ला प्रहरीको टोली बैंक पुगेको थियो । त्यहाँ केही नभएको पाएपछि प्रहरी फर्केलगत्तै गार्डले आफैँलाई खुकुरी रोपेर हत्याको प्रयास गरेको बताइएको छ ।
आफुले सुरक्षार्थ भिरेको खुकुरीले पेटमा हानेर ३ इन्च गहिरो घाउ भएको छ । प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरेको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले बताए ।

Next Post

अन्तर्राष्ट्रीय महिनावारी स्वच्छता दिवस मनाईंदै

१४ जेष्ठ २०७६, मंगलवार १५:२३
सदरलाइनडटकम, नेपालगञ्ज : मे २८ अर्थात् अन्तर्राष्ट्रीय महिनावारी स्वच्छता दिवस बाँकेसहित देशभर जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । महिनावारी हुँदा सरसफाइमा ध्यान दिनुपर्ने र स्वच्छतामा ध्यान नदिँदा किशोरी तथा महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने विषयमा जनचेतना दिन यो दिवस मनाईंछ । नेपालको सुदूरपश्चिमका केही जिल्लामा अझै छाउपडी प्रथा कायमै रहँदा महिला […]