अन्तर्राष्ट्रीय महिनावारी स्वच्छता दिवस मनाईंदै

१४ जेष्ठ २०७६, मंगलवार १५:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : मे २८ अर्थात् अन्तर्राष्ट्रीय महिनावारी स्वच्छता दिवस बाँकेसहित देशभर जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । महिनावारी हुँदा सरसफाइमा ध्यान दिनुपर्ने र स्वच्छतामा ध्यान नदिँदा किशोरी तथा महिलाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने विषयमा जनचेतना दिन यो दिवस मनाईंछ ।
नेपालको सुदूरपश्चिमका केही जिल्लामा अझै छाउपडी प्रथा कायमै रहँदा महिला तथा किशोरीको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको छ । पानी, स्यानेटरी प्याडलगायतको सहज उपलब्धता नहुँदा, सरसफाइमा ध्यान दिनुपर्ने कुरामा ज्ञान नहुँदा महिनावारी स्वच्छतामा असर पुग्ने गरेको सरोकारवालाहरू बताउँछन् ।
सन् २०१४ देखि हरेक वर्ष २८ मेका दिन अन्तर्राष्ट्रीयरूपमा मनाउन शुरु गरिएको यो दिवस नेपालमा २०१५ देखि मनाउन थालिएको हो । सरकारी तवरमा भने गत वर्षदेखि मनाइन थालिएको हो ।

Next Post

प्रधानमन्त्री कपमा प्रदेश ३ को दोस्रो जीत

१४ जेष्ठ २०७६, मंगलवार १५:२८
सदरलाइनडटकम, काठमाण्डौं : प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ३ ले लगातार दोस्रो जीत निकालेको छ । मंगलवार भएको खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई सात विकेटले हरायो । कीर्तिपुर मैदानमा पहिला ब्याटिङ गरेको गण्डकी प्रदेश ३०/१ ओभरमा सबै विकेट गुमाएर १०८ रन बनाएको थियो । गण्डकीका लागि सुमन […]