अनशनरत थारुको स्वास्थ्य बिग्रिँदै

३ फाल्गुन २०७६, शनिबार १५:५७
 

सदरलाइनडटकम,
कैलाली : तीन दिनदेखि आमरण अनशनमा रहेका थरुहटरथारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्यमा समस्या देखिएको छ ।
सेती प्रादेशिक अस्पतालका फिजिसियन डा. निराजन दत्त शर्मा पौडेलले लक्ष्मणको शरीरमा सुक्खापनको मात्रा बढ्दै गएको, मुटुको धड्कनमा उतार–चढाव भइरहेको बताए ।
टीकापुर घटनामा जेल जीवन बिताइरहेका रेशम चौधरीसहित ११ जनाको रिहाइसहित विभिन्न १४ बुँदे माग राख्दै लक्ष्मण धनगढीस्थित क्याम्पसचोकमा आमरण अनशनमा छन् ।

Next Post

हाइटीको अनाथालयमा आगो लाग्दा पन्ध्र बालबालिकाको मृत्यु

३ फाल्गुन २०७६, शनिबार १५:५७
सदरलाइनडटकम, काठमाण्डौ : हाइटीको एउटा अनाथालयमा आगलागी हुँदा १५ जना बालबालिकाको मृत्यु भएको छ । राजधानी पोर्ट औ प्रिन्सको दक्षिणी क्षेत्रमा पर्ने अनाथालयमा आगलागी हुँदा दुई जनाको जलेर र १३ जनाको धुँवाका कारण निसास्सिएर मृत्यु भएको बीबीसीले जनाएको छ । १३ जनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको हो । स्थानीय […]

सम्बन्धित