नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा हात हालाहाल

सदरलाइन संवाददाता ११ आश्विन २०७८, सोमबार १७:२१
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यका बीचमा हात हालाहाल भएको छ । कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेट पारदर्शी रुपमा खर्च नभएको वडाध्यक्षहरुले गुनासो गरेपछि हात हालाहाल भएको थियो ।

यसअघिको बोर्ड बैठकले कार्यपालिका सदस्यले दलित, गरीव, विपन्न समुदायलाई १२ लाख रुपैया खर्चे अख्तियारी दिएको थियो । त्यो बजेट पारदर्शी रुपमा खर्च नभएको वडा नं। ५ का अध्यक्ष कैफुलबराह जोलाह र ७ नम्बरका अध्यक्ष जुम्मन खाँले उठाएपछि कार्यपालिका सदस्य देउमल सुनार जंगिनु भएको थियो ।


कार्यपालिका सदस्य सुनार र वडाध्यक्ष जोलाहका बीचमा हात हालाहाल भएको हो । उनीहरुलाई छुट्याउने क्रममा कार्यपालिका सदस्य र वडाध्यक्षबीचको हानाहानमा वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा चोट लागेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको रकमका विषयमा विवाद भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिग्रिएका सिसिक्यामेरा मर्मतको काम शुरु

११ आश्विन २०७८, सोमबार १७:२१
नेपालगञ्ज : नेपालगञ्जमा विग्रिएका सिसिक्यामेरा मर्मतको काम शुरु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त पहलमा विग्रिएका क्यामेरा मर्मतको काम सोमवारदेखि शुरु भएको प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए । एक महिना अघि त्रिभुवन चोकमा अढाइ वर्षीया बालिकाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो । […]