चुरे क्षेत्रको दोहनका कारण पहिरो जन्य खतरा बढी

१४ चैत्र २०७३, सोमबार १८:५५
 

सदरलाइनडटकम  
१४ चैत, नेपालगन्ज  : चुरे क्षेत्रको दोहनमा बैज्ञानिक अध्ययन र अनुसंन्धान बिना नै थालिने विकास निर्माणका कारणले हुने गरेको नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीले औल्याएका छन् । अत्याधिक र अबैज्ञानीक दोहनले बाढी र पहिरो बढि जाने सम्बन्धित क्षेत्रका विज्ञले औल्याएका छन् ।
त्रिभुवन विश्व विद्यालय केन्द्रीय बाताबरण विज्ञान विभाग र राष्ट्रपति चुरे तराई मधेश संरक्षण अभियानले चुरे क्षेत्रमा हुने पहिरो तथा भूक्षय रोकथाम र अध्ययनको विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीले सो कुरा औल्याएका हुन ।
राष्ट्रपति चुरे संरक्षण समितिका सदस्य बिदुर भारतीले मुलुकमा हुने विभिन्न विकासका कारण चुरे क्षेत्र बढी प्रभावित हुने गरेको बताए उनले भने–‘नेतालाई खुशि पर्न वा मनाउन उसले भनेको आधारमा विकासको योजना निर्माण हुने भएकोले पनि चुरे क्षेत्र अति नै प्रभवमा परेको छ ।’
उनले विकासको हरेक योजनाहरुको सुरुवात गर्न अघि बैज्ञानिक अनुसंधान तथा अध्ययन हुन जरुरी भएको बताए । उनले भने–‘जबसम्म राजनीतिक दललाई सन्तुलन मिलाउने नाममा अनावश्यक र आवश्यकता नै नभएको ठाउमा विकासको नाममा विनास गर्न बन्द नभएसम्म चुरेको संरक्षण हुन सक्दैन ।’



सो परियोजनाका प्रमुख तथा केन्द्रीय बाताबरण विभागका डा. सुबोध ढकालले जलबायु परिबर्तनको कारण चुरे क्षेत्र बढी प्रभावित हुने गरेको जानकारी दिए । उनले भने–‘जलबायु परिबर्तनको कारण चुरे क्षेत्रबढी प्रभावित हुने गरेको पाईएको छ ।’ उनले चुरे क्षेत्रको बिस्तृत अध्ययनको लागि आफ्नो टोलीले स्थानीय स्तरमै पुगेर काम थल्ने बताए ।
उनले चुरेमा बढी पहिरो जाने ठाँउको पहिचान र अध्ययन गरी पहिरो तथा हुने भुक्षय रोकथामको लागि गर्न सकिने पहलका बारेमा आफुहरुले अध्ययन गरि रहेको बताए । गाउबस्ती नजिक रहेका खोला र नदीबाट अनाधिकृत बालुवा, रोडा र ढुङ्गा झिक्ने गतिविधिका कारण चुरेबाट बगेर समथरमा आउने र त्यसलाई जथाभावि झिक्दा समेत समस्या हुने गरेको उनले बताए । प्राध्यापक डा. केदार रिजालले स्वागत तथा कार्यक्रममाथि प्रकाश परेको कार्यक्रममा जिल्ला बन कार्यालय, जिकुञ्ज, भूपरिधि कार्यक्रमलगायतका क्षेत्रबाट सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१४ चैत्र २०७३, सोमबार १८:५५