चन्दा असुली गर्ने विप्लवका दुई कार्यकर्ता पक्राउ

६ श्रावण २०७७, मंगलवार १६:२४
 

सदरलाइनडटकम,
नेपालगञ्ज : अबैधरुपमा चन्दा असुलि गर्दै आएको आरोपमा बाँकेमा विप्लव नेतृत्वको नेकपाका दुई कार्याकर्ता पक्राउ परेका छन् ।
प्रतिवन्धित नेकपा पार्टीको भेरी कर्णाली न्याय प्रमुख एवं सैन्य कमाण्डर चित्रबहादुर बिक र उनका सहयोगी सुरेश राउत चन्दा असुलि गर्दैगर्दा पक्राउ परेका हुन् ।
चन्दा असुली गरिरहेको अवस्थामा राझाँबाट पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखी थप अनुसन्धान शुरु गरिएको बाँके प्रहरीले जनाएको छ ।

Next Post

मंगलवार थपिए १५० कोरोना संक्रमित

६ श्रावण २०७७, मंगलवार १६:२४
सदरलाइनडटकम, नेपालगञ्ज : मंगलवार देशभर कोरोनाका १ सय ५० नयाँ बिरामी थपिएका छन् । देशभरका २७ प्रयोगशालामा देशभर ३ हजार ९ सय ६३ जनाको पिसिआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । […]