सदरलाइनडटकम,
काठमाण्डौं : लागूऔषध कोकिनका २४६ वटा प्याकेट सेवन गरेर विमानको यात्रा गरिरहेका एक जना जापानी नागरिकको ज्यान गएको छ । मेक्सिको सिटीबाट जापानको नारिता विमानस्थलका लागि उडेको विमानमा नै ती नागरिकको ज्यान गएको हो ।
उनको अचानक ज्यान गएपछि विमानलाई मेक्सिकोको सानोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो । उदो एन नामका ती व्यक्तिलाई लागूऔषध ओभरडोज भएको थियो । परीक्षणका क्रममा उनको पेट र आन्द्रामा २ दशमलव ५ सेन्टीमिटर लामो र १ सेमी चौडाइका कोकिनका पोका भेटिएको पोष्ट मार्टम रिपोर्टमा जनाइएको बीबीसीले उल्लेख गरेको छ ।
कोलम्बियाको राजधानी बोगोटाबाट यात्रा सुरू गरेका उनले मेक्सिको सिटीबाट उडान परिवर्तन गरेका थिए । एयरमोसिलियो नगरमा विमानलाई आपत्कालीन अवतरण गराइएको थियो । विमानमा सवार अन्य १९८ जना यात्रुलाई नियमित उडानमा गन्तव्य तर्फ पुर्याइएको थियो ।
(एजेन्सी)
Next Post
बैंकका सुरक्षागार्डले आफ्नै पेटमा हाने खुकुरी
१४ जेष्ठ २०७६, मंगलवार १५:१९
सम्बन्धित
-
२६ कार्तिक २०७५, सोमबार ०७:१४
१७ सडक दुर्घटनामा ३ ले ज्यान गुमाए १३ गम्भीर घाइते
-
१३ मंसिर २०७७, शनिबार १४:५९
राजसंस्था पुनःस्थापनाको माग गर्दै नेपालगञ्जमा प्रदर्शन
-
८ चैत्र २०७६, शनिबार १४:१५
विप्लवका रौतहट इञ्चार्जसहित दुई जना पक्राउ
-
१२ माघ २०७९, बिहीबार १३:२९
भारतले ७४औँ गणतन्त्र दिवस मनाउँदै
-
२ चैत्र २०७६, आईतवार १९:२९
संघीय संसदको महासचिवमा गोपालनाथ योगी चयन
-
८ बैशाख २०८०, शुक्रबार १२:२६
खजुरामा पौडी पोखरीको निर्माण कार्य अन्तिम चरणमा