नेपालगञ्जः गणतन्त्र दिवसको अवसरमा नेपालगञ्जमा रक्तदान कार्यक्रम गरिएको छ ।
स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा भेरी अस्पतालको परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा गरिएको रक्तदानमा ३५ जनाले रगत दान गरेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले रक्तदान कार्यक्रमको शुभारम्भ गरेका थिए ।
कार्यक्रममा बाँके प्रहरी प्रमुख तुलबहादुर कार्की, भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा.पवनजंग रायमाझी, भेरी अस्पतालका वरिष्ठ फिजिसिय कन्सलटेन्ट डा राजन पाण्डे, डा संकेत रिसाल लगायतको उपस्थिति रहेको थियो ।
विरामीको उपचारको लागि रगत अभावलाई पूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा निजमती कर्मचारी, स्वास्थ्यकर्मी, युवागायतले रक्तदान गरेका थिए ।