कुर्मी सहयोगी हातको कार्यक्रममा ४५ जनाले गरे रक्तदान

सदरलाइन संवाददाता १७ मंसिर २०८०, आईतवार १५:३५
 

नेपालगञ्ज : नेपालगञ्जमा वर्मा (कुर्मी) सहयोगी हात, बाँकेद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित ४५ जनाले रक्तदान गरेका छन् ।

नेपालगञ्ज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वर्मा (कुर्मी) सहयोगी हात, बाँकेका संयोजक डा. कौशल कुमार वर्मा, बिशिष्ट अतिथि डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले प्राविधिक महेश राना क्षेत्रीलाई संयुक्तरुपमा रक्तदान संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उदघाटन गरेका थिए ।

नेपालगञ्ज–६ स्थित फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ जना महिला र ४३ जना पुरुष गरी ४५ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमका संयोजक धर्मराज वर्माका अनुसार मन मोहन वर्माद्वारा सञ्चालित कार्यक्रममा रक्तदान गर्नेहरुमा जानकी गाउँपालिका वार्ड नं.–५ का पूर्ववडाध्यक्ष रमेश कुमार वर्मा, राजन वर्मा, सर्वेश कुमार मिश्र, डा. सत्य प्रकाश वर्मा, रमेश खटिक, डा. राहुल वर्मा, मनोज चौधरी, बिद्याराम यादव, शोभाराम वर्मा, बीरेन्द्र कुमार वर्मा, सुनील वर्मा, रबि शंकर वर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका उपाध्यक्ष मन बहादुर केसी, सञ्जय वर्मा, असरफ धनकुट्टा, बर्दिया ठाकुरबाबा नगरपालिका वार्ड नं.–२ भुरीगाउँकी पूर्णकला उपाध्याय, कविराम वर्मा, देवाशिष वर्मा, ममता तमोली, जोगराज वर्मा, प्रशान्त वर्मा, दिलिप वर्मा, जय किसन वर्मा, नीरज कुमार साहू, राहुल वर्मा, मेघनाथ कुर्मी (चौधरी), मिथलेश कुमार वर्मा, मनोज कुमार चौधरी, दीपराज ठाकुर, सुनील वर्मा, रामनाथ वर्मा, बिर्जू प्रसाद वर्मा, पवन कुमार बिश्वकर्मा, अनिल कुमार वर्मा, धर्मराज वर्मा, जगतराम वर्मा, पुस्तक वर्मा, अवधेश वर्मा, दिलिप वर्मा, नरेन्द्र वर्मा, मनिष कुमार वर्मा, बीरेन्द्र कुमार चौधरी, सुभाष सोनखर, मानव सोनखर, बेद प्रकाश वर्मा लगायत ४५ जनाले रक्तदान गरेका छन् ।


रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मन मोहन वर्मा, सल्लाहकार द्वय समाजसेवी माधवराम वर्मा, पवन जायसवाल, गैर सरकारी संस्था नेपाल बाँकेका सचिव आशीष वर्मा, नेपाल टेलिभिजन कोहलपुरका प्रमसख बिजय वर्मा, बिराट वर्मा, जानकी गाउँपालिका वार्ड नं.–३ का वडाध्यक्ष राज कुमार वर्मा, लगायतको सहभागिता रहेको थियो ।

वर्मा(कुर्मी) सहयोगी हात, बाँकेका सदस्य सुशील वर्माले स्वागत मन्तव्य गर्नुभएको थियो, बिशिष्ट अतिथि डुडुवागाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, नेपालगञ्ज उप–महानगरपालिका वार्ड नं.–१८ का वडाध्यक्ष दिपक कुमार वर्मा, वार्ड नं.–६ का वडाध्यक्ष समीर प्रताप सिंह, प्रादेशिक रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी लगायतले आ–आफना बिचार राखेका थिए ।

सो कार्यक्रममा वर्मा(कुर्मी) सहयोगी हात, बाँके नेपालगन्जले व्यवस्था गरेको सम्मानमा रक्तदाताहरुलाई गम्छा र प्रमाण–पत्र, बिशिष्ट अतिथि, अतिथि, वर्मा (कुर्मी) सहयोगी हात, बाँकेका संयोजक डा. कौशल कुमार वर्मा लगायतले वितरण गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, महेश राना क्षेत्री, प्रशान्त तिवारी, गुन्जा कनौजिया, केशर सिंह डाँगी र बीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ठुलो परिमाणमा लागुऔषधसहित बाँकेमा पति–पत्नि पक्राउ

१७ मंसिर २०८०, आईतवार १५:३५
नेपालगञ्ज : बाँकेबाट श्रीमान–श्रीमती ठुलो परिमाणमा लागूऔषधसहित पक्राउ परेका छन् । लागूऔषध कारोबार हुँदै गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कोहलपुरबाट गएको प्रहरी टोलीले कोहलपुर–८ पिपिरीबाट ४० वर्षीय रेवन्त राना र उनकी श्रीमती ३३ वर्षीया कविता थापालाई अफिम र चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । […]