चिसोका कारण बर्दियाका अधिकांश विद्यालय बन्द

सदरलाइन संवाददाता २२ पुष २०७८, बिहीबार १३:४२
 

नेपालगञ्ज : अत्याधिक चिसो बढेपछि बर्दियाका अधिकाशं स्थानीय तहले बिहीवारदेखि विद्यालय बन्द गरेका छन् । केहिदिनदेखि तराई मधेशका जिल्लाहरुमा दिउँसोसमेत बाँक्लो हुस्सु र शीतलहर चल्न थालेपछि बर्दियाका विद्यालय आइतवारसम्मका लागि बन्द गरिएको हो ।

ह्वात्तै चिसो बढेपछि बारबर्दिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टिकानाथ गोसाइले बिहीवारदेखि विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए ।


यस्तै गुलरिया नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका शाखा अधिकृत सतिश यादवले पनि आगामी पुष २५ गते सम्मका लागि गुलरियाका सबै विद्यालय बन्द गरिएको जानकारी दिए ।

बर्दियाको मधुवन नगरपालिका, बारबर्दिया नगरपालिकाले पनि आगामी पुष २५ गते सम्मका लागी विद्यालय बन्द गरिएको बताएको छ । चिसोलाई मध्यनजर गरि बन्द गरिएका विद्यालयलाई अन्य विदाबाट मिलान गर्ने गरी विद्यालय बन्द गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाली सेनाद्वारा डुडुवा ६ मा न्यानो कपडा वितरण

२२ पुष २०७८, बिहीबार १३:४२
डुडुवा (बाँके) : नेपाली सेनाले बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियामा न्यानो कपडा र खाद्यान्न वितरण गरेको छ । सैनिक श्रीमती संघ, श्री नम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण, रोयल नेपालगञ्ज फुटबल क्लब र वेष्टर्न हस्पिटल तथा रिसर्च सेन्टरले संयुक्तरुपमा मंगता टोलमा कम्बल तथा खाद्यान्न वितरण गरेको हो । […]