बिपन्न परिवारलाई कतार च्यारिटीद्वारा सहयोग

२ जेष्ठ २०७६, बिहीबार १७:५३
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके) : बाँकेको सुदूर मानिने राप्ती सोनारी गाउँपालिकाको वडा नं. ७ का बिपन्न २० परिवारलाई आयआर्जनका लागि साढे नौ लाख रुपैयाँ बराबरको बाख्रा र कुखुराका चल्ला बितरण गरिएको छ । बिपन्न परिवारलाई आर्थिकरुपमा बलियो बनाउने उद्देश्यले कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको ‘जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना’अन्तर्गत कुखुरापालन र बाख्रापालनका लागिसहयोग प्रदान गरिएको हो ।
१२ विपन्न परिवारलाई कुखुरापालन सहायताअन्तर्गत प्रतिपरिवार सय वटा कुखुराका चल्ला, खोर निर्माणका लागि ५ थान जस्ता पाता, एक बण्डल जाली, पानीका लागि २ ड्रम र ५ बोरा दाना प्रदान गरिएको थियो । यस्तै ८ परिवारलाई बाख्रापालनका लागि ५ वटा बाख्रा र २ थान जस्तापाता वितरण गरिएको छ । कुखुरापालनप्रति परिवार ४० हजार र बाख्रापालनका लागि प्रतिपरिवार ५५ हजार रुपैयाँ बराबरको कुखुराका चल्ला, बाख्रा, जस्तापाता र दानाको सहयोग प्रदान गरिएको हो ।



राप्तीसोनारी गाउँपालिकाको वडा नं. ७ मा विहीवार आयोजित एक कार्यक्रमबीच वडा नं. ७ का अध्यक्ष रामलखन थारु, कतार च्यारेटीका प्रबन्धक ईर्शाद शेष र बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्धिकीले विपन्न परिवारका सदस्यहरुलाई बाख्रा र कुखुराका चल्ला बितरण प्रदान गरेका थिए । गाउँका अतिविपन्न परिवारलाई छनोट गरेर कुखुरापालन र बाख्रापालनका लागि सहयोग उपलब्ध गराईएको बताउँदै वडाध्यक्ष थारुले यसबाट विपन्न परिवार आर्थिकरुपमा बलियो हुने अवसर पाएको जिकिर गरे ।
कार्यक्रममा बोल्दै कतार च्यारेटीका प्रबन्धक ईर्शाद शेषले कतार च्यारेटीले गत ६ महिनादेखि बाँके युनेस्को क्लबसँग सहकार्य गरेर जिल्लाका बिपन्न, अनाथ र अपांगता भएकाहरुलाई विभिन्न प्रकारले सहयोग गर्दै आएको जानकारी दिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ बाँकेका पूर्वअध्यक्ष रुद्र सुवेदी, बाँके युनेस्को क्लबका वरिष्ठ कार्यक्रम संयोजक साजिद अली सिद्धिकी, क्लबका वरिष्ठ उपाध्यक्ष सिराज खानलगायतले सहयोगलाई सदुपयोग गरेर आर्थिकरुपमा सबल बन्नु पर्नेमा जोड दिएका थिए ।

Next Post

आवेशमा आएर आरोप लगाए  : बर्मा

२ जेष्ठ २०७६, बिहीबार १७:५३
सदरलाइनडटकम, नेपालगञ्ज  :  नेपालगन्ज–बाँकेको डुडुवा–२ नेउडिगौडी निवासी उषाकुमारी बर्माले अधिवक्ता विकास आचार्यमाथि लगाइएको आरोप झुटो भएको बताएकी छन । उनले आफु आवेशमा आएर आरोप लगाएको बताईन । बर्माले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरि अधिबक्ता आचार्यमाथि झुक्याएर जग्गा पास गरेको भन्ने आरोपको खण्डन गदै आफुले राजी खुशीनै जग्गा बिक्री गरेको जानकारी […]