सुर्खेतमा फरार ३ अभियुक्त पक्राउ

सदरलाइन संवाददाता ५ श्रावण २०७९, बिहीबार १३:१६
 

सुर्खेत : विभिन्न मुद्दामा फरार रहेका ३ जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा, सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ बस्ने वर्ष ५१ का तप्त बहादुर हमाल, वडा नं. ४ बस्ने वर्ष २४ का मदन हमाल र वडा नं. २ बस्ने वर्ष ४० को हरि बहादुर सुनार रहेका छन् ।

सुर्खेत जिल्ला अदालतले तप्तबहादुर हमाललाई वन मुद्दाको लगत नं. १२०० मा ३ महिना १३ दिन कैद र लागुऔषध ब्राउनसुगर मुद्दाको लगत नं. ६३८ मा ११ हजार जरिवाना तोकेको थियो ।

यस्तै मदन हमाललाई सार्वजनिक मुद्दाको लगत नं. १४८० मा १ हजार जरिवाना र हरि बहादुर सुनार वन मुद्दाको लगत नं. १०६५ मा २ महिना ८ दिन कैद र ९ हजार ४ सय ४८ रुपैयाँ जरिवाना तोकिए थियो ।


तीनै जना हालसम्म फरार रहेका थिए । भने हरि बहादुर सुनार ८ वर्षअघिसम्म फरार रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई कदै भुक्तानका लागि सुर्खेत जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

३९ लाखको यार्सागुम्बासहित बर्दियामा एक जना पक्राउ

५ श्रावण २०७९, बिहीबार १३:१६
बर्दिया : सशस्त्र प्रहरी बलले गुलरिया नगरपालिका—११ गणेशपुरस्थित नेपाल–भारत सीमानामा बुधबार बेलुकी १ किलो ४ सय ग्राम यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ । गुलरिया—११ घर बताउने भारतीय आधार कार्डसमेत रहेका ३१ वर्षीय कमाल अहम्मद खाँलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढाले बताए । उनका अनुसार शंकास्पद अवस्थामा जाँदै […]