प्रदेश साँसद नमूना समेत कोरोना संक्रमित

२४ श्रावण २०७७, शनिबार २३:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा कोभिड–१९ कोरोना बिरुद्धको अभियानमा सक्रिय भुमिका निभएकी प्रदेश नं. ५ की सांसद कृष्णा केसी नमुनालाई कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमणबाट जोगाउन सांसद नमुनाले बाँकेमा महत्वपूर्ण भूमिका खेलेकी थिइन । दैनिक जसो उनी शहरदेखि गाउँसम्म कोरोना बिरुद्धको उद्धार तथा सहयोग अभियानमा सक्रिय हुँदै आएकी उनी आज आफै संक्रमित बन्न पुगेकी छन् ।

शनिवार साँझपख सामाजिक सन्जालमा आफु संक्रमणमा परेको स्ट्याटस लेख्दै साँसद नमुनाले बिश्व माहामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट आफुपनि अछुतो नभएको उल्लेख गरेकी छन् । कोरोना रिर्पोट पोजिटिभ आएको भन्दै उनले ‘एक हप्ता यता मेरो कोलोज कनट्याक्ट रहेकालाई सेल्फ आइसोलेट गर्न र पिसिआर परीक्षण गर्न’ अनुरोध समेत गरेकी छन् ।


सांसद नमुनाले बाँकेमा कोरोना संक्रमण हुनुपूर्व नै कोभिड–१९ रिलिफ फण्ड मार्फत राहत कार्यक्रम शुरु गरेकी थिइन । उनले सुरु गरेको सो कार्यक्रमबाट धेरै नागरिकले राहत महसुस गरेका थिए ।

बाँकेको कर्णली उपनामबाट परिचित नरैनापुर कोरोनाको हटस्पट बन्दा उनले त्यस्तो बेलामा समेत कत्ति पनि विचलित नभई क्वारेन्टाइन, आइसोलेशन निर्माणदेखि ल्याव जस्ता काम सम्पन्न गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन ।

उनको निर्वाचन क्षेत्र समेत रहेको नरैनापुरमा कोरोनाको हटस्पट बन्दा त्यसलाई न्यूनिकरण गर्नदेखि बिद्युतीकरण गर्न र बाटो कालोपत्रे गराउने कार्यमा समेत महत्वपूर्ण भूमिका खेलेकी थिइन ।

Next Post

लकडाउनका बीचमा भेरीको सामाजिक सेवा ईकईबाट साढे १३ सयलाई सेवा प्रवाह

२४ श्रावण २०७७, शनिबार २३:२९
सदरलाइनडटकम, नेपालगञ्ज : कोभिड–१९ को संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनको बिचमा भेरी अस्पतालको सामाजिक सेवा ईकाईबाट करिव साढे १३ सयले सेवा लिएका छन् । अस्पतालका सामाजिक सेवा ईकाई प्रमुख प्रेम सुवेदीले लकडाउनको अवधीभर भेरी अस्पतालको समाजिक सुरक्षा ईकाईबाट १ हजार ३ सय ४३ जनाले विभिन्न प्रकारको सेवा लिएको जानकारी दिए […]

सम्बन्धित