‘सामाजिक सद्भाव सहितको मानवता नै ठूलो धर्म’

२३ मंसिर २०७३, बिहीबार ०८:३६
 

रुद्र सुवेदी/सदलाइनडटकम,

img_1921२३ मंसिर, नेपालगन्ज : सबै धर्मले अहिंसाको बाटो देखाउदै समाजलाई एक शुत्रमा बाँधेको हुनाले कसैले पनि धर्मको आडमा समाजलाई बिखण्डन गर्न नहुने यहाँका धर्मगुरुहरुले सुझाएका छन् । उनीहरुले समाजिक सद्भाव सहितको मानवता नै ठूलो धर्म भएको बताएका छन् ।
अन्तर धार्मिक तथा सामाजिक सद्भाव क्षेत्रीय समितिको आयोजना, सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम, युएनडिपि, जिल्ला प्रहरी कार्यालय बाँके र सामाजिक सुरक्षा समिति भोजभगवानपुर बाँकेले गत महिना राप्तीपारीको मटेहियामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले यस्तो सुझाव दिएका हुन ।
युएनडिपिको सहयोगमा सामाजिक सद्भावको लागि बाँकेमा विभिन्न गतिविधि सञ्चालन हुँदै आएको छ । राप्तीपारी पहिलो पटक धर्मगुरुलाई त्यहाँको सामाजिक परिवेशको बारेमा जानकारी गराउने कार्यक्रममा धर्मगुरुहरु राप्तीपारी पुगेका थिए ।
सो अवसरमा बोल्दै हिन्दू धर्म गुरु तथा बागेश्वरी मन्दीरका माठाधिस एवं अन्तरधार्मिक सामाजिक सद्भाव क्षेत्रीय समितिका संयोजक श्रीश्रीश्री चन्द्रनाथ योगीले अल्लाह र ईश्वर एक छन् उनीहरुले प्राणि जगतलाई विभेद नगर्ने कुरा बताए । उनले भने–‘ईश्वर र अल्लाहले नै मानब जाति तथा सम्पूर्ण सृष्टिलाई एक शुत्रमा बाँधेर राख्नु भएको छ तर, हामी ईश्वरका सबैभन्दा उत्तम रचना हामी नै आपसमा धर्मको लागि एक अर्कासंग कलह गर्छाै, यो कार्यले ईश्वर र अल्लाह खुसी हुँदैन ।’

img_1896
उनले धर्म–धर्म सबै एकै भएको कुरामा जोड दिदै मात्र यसलाई कसरी मान्ने भन्ने कुरा मात्र फरक भएको कुरामा जोड दिदै भने–‘ईश्वरलाई पाउने बाटो फरक छ तर, ईश्वर एक छन् । ईश्वरले कहिले पनि धर्मको नाममा आफ्ना सन्ततीहरु कलह गरेको मन पराउदैनन् । धर्मले एक आपसमा प्रेम र स्नेहको बाटो देखाउने भएकोले धर्मको बारेमा अपब्यख्या गरी समाजलाई विखण्डन गर्न हुँदैन ।’
उनले आफु पहिलो पटक राप्तीपारीको बघौडा क्षेत्रमा आएको र यस क्षेत्रको अवस्था हेर्दा अति नै विकट क्षेत्रमा पुगेको जस्तो अनुभव भएको कुरा राख्दै भने–‘यहाँ तपाईहरु धर्मको लागि एक आपसमा लड्नु भन्दा यहाँको विकासको लागि एकजुट हुनुहोस बाटोघाटो, अस्पताल, विजुली बत्तिको अभाव छ । सबै राजनीतिक पार्टीका नेताहरु यहाँको विकासका लागि एक हुन आवश्यक छ ।’

img_1929
उनले सबैका ईश्वर एक भएको र ईश्वरले कसैलाई पनि धर्म, जात र लिङ्गको आधारमा विभेद नगरेको कुरामा जोड दिदै भने–‘हिन्दूका ईश्वरले हिन्दूको मात्र रक्षा गर्ने र अन्य धर्मलाई हानी गर्ने त्यसैगरी ईस्लाम धर्मका अल्लाहले ईस्लाम धर्मका अनुयायिलाई मात्र रक्षा गर्ने भन्ने संभव छैन भने किन हामी आपसमा बैरभाव राखेर लड्ने ।’ उनले धर्मको नाममा लड्न भन्दा बघौडाको विकासको लागि सबै एक भए आफुले पनि सहयोग गर्ने बताए ।

img_1902
अन्तर धार्मिक तथा सामाजिक सद्भाव क्षेत्रीय समितिका सह संयोजक तथा ईस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले आपसमा सद्भाव भए शान्ति हुने कुरामा जोड दिदै धर्मको लागि एक आपसमा लड्नु मुर्खता बाहेक अरु केही नभएको टिप्पणी गरे । उनले भने–‘कुनै पनि धर्मले समाजमा अशान्ति फैलाउन र समाजलाई विखण्डन बनाउने कुरा भन्दैन अनि किन हामी आपसमा लड्ने ।’

img_1969
उनले समाजमा शान्ति भएमा विकास हुने, सद्भाव भएमा सम्पत्ति जोडिने तर, बाँडियो भने सम्पत्ति टुक्रने र नोक्सान हुने भएकोले सबैले आपसमा भाईचाराको भावनालाई स्थापित गर्दै समाजमा मिलेर बस्नसक्नु पर्ने कुरामा जोड दिदै भने–‘सानो कुरामा झगडा गरेर काटमार गर्दा त्यसको पहिलो असर बालबालिका र महिलालाई पर्छ । त्यसैको कारण अड्डा अदालत धाउदा सबैको नोक्सान हुन्छ त्यसैले विकास, शिक्षा, स्वास्थ्यको लागि एक हुन आवश्यक छ ।’


img_2006
उनले बघौडा क्षेत्र विकासमा पछि परेको उल्लेख गर्दै भने–‘ त्यसै पनि बघौडा क्षेत्र आफैमा विकासमा पछाडि परेको छ त्यसमा पनि हिन्दू र मुस्लिममा बाडिएर दिनहुँ झैझगडामा लागियो भने केही हुँदैन । मानवता बचे धर्म बच्छ मानबता नै नबचे कहाँको धर्म ? कुरानमा नै भनेको छ धर्मको नाममा झगडा गर्नु हुँदैन एक अर्कालाई सम्मान गर्नु भनेर । अझ कुरानको पहिलो पेजमा नै भनेको छ तिमी तिम्रो धर्मलाई मान र अरुको धर्मलाई पनि सम्मान गर ।’

img_1908
उनले रगत सबैको रातो हुने प्रसंग कोट्टयाउदै रगतले कुनै जात धर्म, धनी गरिव जस्ता विभेद छुट्टयाउन सक्दैन तर, पनि मानव आपसमा धर्मको नाममा अनावश्यक झगडा गर्नु राम्रो कुरा नभएकोले समाजलाई एकताको डोरीमा बाँध्न आवश्यक भएकोले सबैलाई आपसमा भाईचाराको सम्बन्ध कायम गर्न आग्रह गरे ।

img_2035
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक सरोज पौडेलले समाजमा शान्ति सुव्यवस्था कायम गर्नको लागि समुदायसंगै मिलेर काम गर्दै आएको बताए । उनले समुदायले प्रहरीलाई सजिलै भेट्न र आफ्ना समस्या राख्न सकोस भनेर प्रहरी मेरो साथीको अवधारणा ल्याएको बताउदै समाजमा शान्ति कायम गर्नको लागि समुदायले प्रहरीलाई सहयोग गर्नुपर्ने कुरामा जोड दिए ।
राप्तीपारीका विभिन्न गाविसका स्थानीय नागरिक अगुवा, धार्मिक अगुवा, शिक्षक, विद्यार्थी, स्थानीय राजानीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रममा अधिवक्ता विश्वजित तिवारी लगायतले समाजमा शान्ति कायम गर्नको लागि स्थानीयबासी, प्रहरी र धार्मिक अगुवाको सक्रियतामा मात्रै संभव हुने सुझाव दिएका थिए । सोही कार्यक्रममा सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम, युएनडिपिका तर्फबाट मदरसा सिराजिया ईसरालुल लक्ष्मणपुर र नेरानिमावि जमुनीलाई खेलसामाग्री हस्तान्त्रण गरिएको थियो ।

 img_2039    img_1913 img_1915   img_1936 img_1956

img_2030

img_2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हैजाबिरुद्धको खोप ९५ प्रतिशतले मात्र

२३ मंसिर २०७३, बिहीबार ०८:३६
सदरलाइनडटकम,  २३ मंसिर, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिका र दुई गाविसमा संचालन भएको पहिलो चरणको हैजाविरुद्धको खोप अभियानमा करिव ९५ प्रतिशतले लिएका छन् । नेपालगन्ज उप–महानगरपालिकाको वडानम्बर ५, सोनपुर र उढरापुरमा गाविसमा मंसिर १४ देखि मंसिर १८ गते शनिबारसम्म चलेको सो अभियानमा २५ हजार ६ सय १४ जनाले हैजाबिरुद्धको खोप खाएको […]

सम्बन्धित