कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन न्यूनेपालगञ्ज सवस्टेशनको शिलन्यास

सदरलाइन संवाददाता १० आश्विन २०८०, बुधबार १८:१०
 


नेपालगञ्ज :  उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले बाँकेमा गुणस्तरिय विद्युत प्रशारणका लागि कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२/३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको बुधबार शिलान्यास गरेका छन् ।

बाँकेको जानकी गाउँपालिका वडा नं. ५, बकसपुरमा कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२/३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको हो ।

मन्त्री बस्नेतले दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य अनुरुप नै कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२÷३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको बताए ।

मन्त्री बस्नेतले समयमै काम सम्पन्न गर्नका लागि सरोकारवाला निकायले खबरदारी गर्नुपर्ने बताउदै यो निर्माणले बाँके लगायत नेपालगञ्जसमेतको महत्व बढाउने आफुले विश्वास लिएको कुरामा जोड दिए । उनले सिचाईको क्षेत्रमा पनि विद्युत सव स्टेशन निर्माणले ठूलो टेवा पुग्ने कुरामा जोड दिए ।


कोहलपुर–नेपालगञ्ज १३२ केभी प्रशारण लाइनका आयोजना प्रमुख रञ्जनराज गुरुङले पावर चाइना सेप्को–१ इलेक्ट्रिक पावर कन्ट्रक्सन कम्पनी लिमिटेडलाई ठेक्का दिइएको आयोजना सम्पन्न हुँदा नेपालगञ्ज र आसपासको विद्युतको समस्या समाधान हुने जानकारी दिए ।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु रत्न खत्री र बादशाह कुर्मी, जानकी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष टीकाराम यादवलगायतले समयमै काम सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए ।

प्रशारण लाइन तथा सबस्टेशनका लागि चार विगाह ७ कठ्ठा ८ धुर जग्गा लिइएको छ । दुई वर्षमा सम्पन्न गरेर दुई सय मेघावाट क्षमताको प्रशारण लाइन, सबस्टेशन १३२/३३ केभी १२६ एमभीएका लागि दुई अर्ब लागत निकालिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेमा ओलीको नेतृत्वले पार्टी एकमाने ढंगले बढ्यो :  प्रदेश अध्यक्ष शाह

१० आश्विन २०८०, बुधबार १८:१०
सुर्खेत : नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेपछि एमाले एक माने रुपमा अघि बढेको कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले बताएका छन् । कर्णाली प्रदेशको पहिलो अधिवेशनको उद्घाटन शत्रलाई संवोधन गर्दै प्रदेश अध्यक्ष शाहले यस्तो बताएका हुन । ‘विगतमा हाम्रो पार्टी एमाले भित्र विभिन्न खाने विभाजनका संकेतहरु देखि गर्थे […]