नेपालगञ्ज : कोरोना महामारीका उपचार गर्न बेड तथा अक्सिजनको अभाव भएपछि जिल्लामा सहयोग गर्ने दाताहरूले सहयोगको हातहरु बढाई राखेका छन् ।
यसै क्रममा भेरी अस्पतालमा बिरामीलाई उपचार गर्न सहज होस भन्नका लागि नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि अतुलकुमार गुप्ताले २० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् ।
नेपालगञ्ज त्रिभुवन चोकस्थित केक एण्ड बेकरीका सञ्चालक समेत रहेका समाजसेवी, मिलनसार गुप्ताले आईतवार भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापालाई अक्सिजन प्रदान गरेका हुन् ।
सो अवसरमा बाल्दै सञ्चालक गुप्ताले महामारीका समय सहयोग गर्न आग्रह गरे । उनले अभाव भएकै बेला हुने सहयोगले ठुलो पुन्य हुने भन्दै सबैले हातेमालो गर्नुपर्ने बताए ।