सल्यान अस्पतालमा ‘इलेक्ट्रोनिक मेडिकल रेकर्ड’

८ आश्विन २०७६, बुधबार १३:३६
 

सदरलाइनडटकम,
दाङ : नेपालमा पहिलो पटक जिल्ला अस्पताल सल्यानमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) सञ्चालन गरिएको छ  । निक साइमन इन्सिच्युट र कोजेन्टको करिब एक करोड आर्थिक सहयोगमा ‘इएमआर’ सञ्चालन गरिएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।
निक साइमन इन्सिच्युट, कर्णाली प्रदेश प्रमुख जनार्दन पाठकका अनुसार देशभरका सरकारी अस्पतालमध्ये सल्यान अस्पतालमा पहिलो पटक यो सेवा सञ्चालन गरिएको छ । इलेक्ट्रोनिक मेडिकल रेकर्ड सेवाको उद्घाटन निक साइमन इन्सिच्युटका सस्थापक जीम साइमन र मेर्लिन साइमनले गरे । अहिले अस्पतालका प्रत्येक वार्डमा ३० कम्प्युटर र ३० प्रिन्टर जडान गरिएका छन् । संस्थाले ‘इएमआर’ सञ्चालनका लागि आवश्यक हार्डवेयर र सफ्वेयर उपलब्ध गराएको जनाएका छन् ।
यो विधिमार्फत विरामीको तथ्यांक संकलन गर्न सजिलो हुने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार अब हरेक बिरामीका हरेक रेकर्ड कम्प्युटरमा सुरक्षित हुनेछन् । निक साइमन इन्सिच्युट, कर्णाली प्रदेश प्रमुख पाठकका अनुसार बिरामीले अब पटकपटक पर्चा काट्नु पर्ने छैन ।
स्वास्थ्यकर्मीलाई २० दिनको तालिम दिइएपछि ‘इएमआर’ शुरु गरिएको अस्पतालले जनाएको छ । निक साइमन इन्सिच्युटका कार्यकारी निर्देशक डा. अनिलबहादुर श्रेष्ठले दुर्गम जिल्लाका बिरामीलाई भरपर्दो उपचार सेवा दिन प्रविधि सहयोग गरिएको जानकारी दिए ।

Next Post

‘तीनवटै तहको समन्वय आवश्यक’

८ आश्विन २०७६, बुधबार १३:३६
सदरलाइनडटकम, दाङ : मुलुकको समृद्धिका लागि तीनवटै सरकारका बीचमा समन्वय हुनुपर्ने एक कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका छन् । दाङको घोराहीमा बुधवारबाट शुरु भएको जिल्लास्तरिय तेस्रो वार्षिक समीक्षा कार्यक्रममा बोल्ने वक्ताहरुले संघ, प्रदेश र स्थानीय सरकारको समन्वयबाट मात्रै मुलुकको समृद्धि हुने कुरामा जोड दिएका हुन् । जिल्ला समन्वय समिति दाङले […]