क्यान बाँकेले निःशुल्क वेबसाईट बनाईदिने

१९ बैशाख २०७६, बिहीबार १९:०१
 

सदरलाइनडटकम,
नेपालगञ्ज : डिजिटल बाँकेका लागि वकालत गर्दै आएको क्यान महासँघ बाँकेले एकसयवटा वेबसाईट निःशुल्क बनाईदिने भएको छ । डिजिटल बाँकेको अभियानमा सहयोग पुग्ने हिसावले विभिन्न सामाजिक संघसंस्थालगायतका वेभसाईट निःशुल्क बनाउन लागिएको हो । त्यसका लागि ईगलआईसँग सहकार्य गरिएको क्यान महासंघ बाँकेका अध्यक्ष भोजराज तिमिल्सेनाले जानकारी दिए ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा बिहीवार क्यान महासंघले नेपालगञ्जमा गरेको कार्यक्रममा यस्तो जानकारी दिएको हो । दिवसका अवसर पारेर क्यानले प्रभातफेरी, पुरस्कार वितरण तथा क्यालेण्डरसमेत विमोचन गरेको छ । डिजिटल बाँके बनाउने अभियानअन्तर्गत आईडियाको खोजी गरिएको थियो । त्यसमध्येबाट उत्कृष्ट ३ आईडिया छनौट भएकोले तीन जनामा उत्कृष्ट अनलाईन ब्लड बैकिङ सम्बन्धी सुझाव दिने बाँके बागेश्वरी कलेजका काशीराज गौतमलाई नगद ५ हजारसहित पुरस्कृत गरिएको थियो ।
क्यान बाँकेका अध्यक्ष तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, क्यानका केन्द्रीय सदस्य इश्वर पोख्रेल, पूर्वकेन्द्रीय उपाध्यक्ष सञ्जय थापा, प्रदेश ५ का अध्यक्ष ध्रुवराज शर्मालगायतको उपस्थित थियो ।

Next Post

नेपालमा देखिन थाल्यो ‘फानी’को प्रभाव

१९ बैशाख २०७६, बिहीबार १९:०१
सदरलाइनडटकम, काठमाण्डौ : बंगालको खाडीबाट विकसित सामुद्रिक आँधी फानीको प्रभाव शुक्रवारदेखि नेपालमा देखिन थालेको छ । काठमाण्डौ उपत्यकासहित मध्य भागमा अहिले तीब्रगतिको हावाहुरी चलिरहेको छ । केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । फानीको प्रभावले काठमाण्डौ उपत्यकासहित देशका विभिन्न भागमा मौसममा […]