नरैनापुरद्वारा मेलमिलापकर्ताहरुलाई तालिम

सदरलाइन संवाददाता १७ असार २०७८, बिहीबार १६:३३
 

नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाले मेलमिलापकर्ताहरुको लागि पुनर्ताजगी तालिम सञ्चालन गरेको छ । पिपिआर नेपालको प्राविधिक सहयोगमा गाउँपालिको आयोजनामा बिहीवारदेखि शुरु भएको तालिम तीन दिन सञ्चालन हुनेछ ।

गाउँपालिकाकी उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तवको प्रमुख आतिथ्यतामा सुरु गरिएको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका कानुनी सल्लाहकार अधिवक्ता बलबहादुर चन्द, प्रमुख प्रशिक्षक भानुभक्त रिजाल, अधिबक्ता झबिन्द्र प्रसाद पौडेल, प्रभाकर भट्टराई, गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्र लगायतको उपस्थिति थियो ।


त्यस अवसरमा प्रमुख अतिथि उपाध्यक्ष श्रीवास्तव, सूचना अधिकारी मिश्र, अधिबक्ताद्वय चन्द र भट्टराईले शुभकामना मन्तब्य ब्यक्त गर्दै तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका थिए । यही १९ गतेसम्म सञ्चालन हुने तालिममा २५ जनाको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पाटे बाघको छालासहित बाँकेमा दुई पक्राउ

१७ असार २०७८, बिहीबार १६:३३
नेपालगञ्ज : पाटे बाघको छालासहित बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मेललेख गाउँपालिका–३ का २७ वर्षीय डम्वर बुढा र रामारोशन गाउँपालिका–५ का ३५ वर्षीय नन्दु बुढालाई प्रहरीले बिहीवार दिउँसो पक्राउ गरेको हो । जिल्लाको बैजनाथ गाउँपालिका–४ तिलकपुरबाट उनीहरु पक्राउ परेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । पाटेबाघको […]