भिजन आँखा अस्पतालद्वारा एकदिने निशुल्क आँखा शिविर

१८ फाल्गुन २०७५, शनिबार १९:२६
 

सदरलाइनडटकम,
जानकी (बाँके) : भिजन आँखा अस्पताल प्रालि नेपालगञ्जले बाँकेको जानकी गाउपालिका वडा नं.१ संगको सहकार्यमा एकदिने निशुल्क आँखा शिविर आयोजना गरेको छ ।

स्थानीय समाजसेवी ईन्द्रबहादुर थापाको पहलमा वडा अध्यक्ष मोहम्मद रजा राईको सहयोगमा भिजन आँखा अस्पतालका प्रमुख डा. प्रचण्ड गौतमको टिमले सो वडाका स्थानीय बासिन्दाको निशुल्क आँखा जाच गरेको हो ।


शिविरमा २ सय पचास जनाले निशुल्क सेवा लिएको अस्पतालले जनाएको छ ।

शिविरमा आएका मध्ये मोतिया बिन्दुका ३५ जना विरामी भेटिएको र ५० जनालाई चस्मा वितरण गरिनुको साथै १० बालबालिकामा आँखाको समस्या रहेको पाईएको डा. गौतमले जानकारी दिए ।

Next Post

एक्स्पोबारे नेपालगञ्जमा अन्तरक्रिया

१८ फाल्गुन २०७५, शनिबार १९:२६
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल फोटो पत्रकार महासंघले चैतको अन्तिम साता राजधानीमा आयोजना गरिने प्रिन्टिङ, फोटोग्राफी एण्ड मिडिया टेक्नोलोजी एक्स्पोबारे शनिबार नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । महासंघले एक्स्पोमा बृहत फोटो प्रदर्शनी पनि गर्ने महासंघका महासचिव हरिप्रसाद रेग्मीले जानकारी दिए । महासंघका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष रुद्र सुवेदीले […]