शीतलहर चलेपछि नेपालगञ्जका सार्वजनिक ठाउँमा आगो ताप्ने व्यवस्था

सदरलाइन संवाददाता २९ पुष २०८०, आईतवार १५:१०
 

नेपालगञ्ज : शीतलहरसंगै चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँ तथा चोकहरुमा दाउरा वितरण सुरु गरेर सामूहिक आगो ताप्ने (धुनी) व्यवस्था गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले आइतवार विहानैदेखि दाउरा वितरण सुरु गरेको हो । नगर प्रमुख प्रशान्त विष्ट, प्रबक्ता प्रमोद रिजाल, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगी, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटी लगायतले विहान नगरका मुख्य २० ठाउँमा दाउरा वितरण गरेका हुन् ।

रामलिला मैदान, भेरी अस्पताल अगाडि, त्रिभुवनचोक, त्रिवेणी मोड, सेतु विक चोक, बसपार्क बाहिर, बसपार्क भित्र, कारकाँदो चोक, विशाल चोक, पिपल चौतारा खजुरारोड, जिल्ला प्रहरी कार्यालय अगाडि खजुरारोड, जिल्ला प्रहरी कार्यालय परिसर, शिव मन्दिर चोक, धम्बोझी चोक, धम्बोझी चोकस्थित मस्जिद, विपी चोक, विटिएस चोक, गणेशमान चोक, मानव सेवा आश्रम र नीलसगर सेवा आश्रममामा आगो ताप्ने व्यवस्था गरिएको नगर प्रमुख विष्टले बताए ।


उनले अब नियमितरुपमा निरन्तर नगरका अन्य सार्वजनिक स्थान, चोक तथा वडाका भित्री चोकहरुमा समेत दाउरा वितरण गर्ने बताए । शीतलहरको सुरुवातसंगै चिसो अत्याधिक बढेकाले सर्वसाधारणको सहजताको लागि सामूहिक आगो ताप्ने व्यवस्था मिलाएको विष्टले बताए ।

नगर प्रहरीले अब नगरका विभिन्न ठाउँ तथा चोकहरुमा पुगेर दाउरा वितरण गर्ने नगर प्रहरी प्रमुख बोगटीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिनौनामा माघीको शुभकामना आदानप्रदान

२९ पुष २०८०, आईतवार १५:१०
नेपालगञ्ज : बाँकेको राप्तीसोनारी वडा नं. ५ बिनौनामा थारू जातिको महान माघी पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीले माघीको शुभकामना दिँदै आफू पनि थारु गाउँ परिवेशमा जन्मेको भन्दै थारु जातिसँग आफ्नो अटुट सम्बन्ध रहेको बताएका थिए । त्यस्तै […]