जिल्ला समन्वय समिति बाँकेमा फोरम काँग्रेस गठबन्धन बिजयी एमाले बाहिरीयो

२५ श्रावण २०७४, बुधबार १४:११
 

सदरलाइनडटकम
२५ साउन, नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेमा संघिय समाजबादी फोरम नेपाली काँग्रेस गठबन्धन बिजयी भएको छ भने एमाले पूर्ण रुपले बाहिरिएको छ ।
बुधबार भएको निर्वाचनमा काँग्रेस फोरम गठबन्धनले ९ मत र एमालेले ७ मत पाएको थियो । घोषित परिणाम सहित संयोजकमा संघिय समाजबादी फोरमका अजय श्रीबास्तब र सह संयोजकमा काँग्रेसका ज्ञानेन्द्र कुमार चौधरी निर्वाचित भएका छन् ।
श्रीबास्तब यस अघि नै निर्विरोध निर्वाचित भएका थिए भने सहसंयोजकमा काँग्रेसका चौधरी र एमालेका अतिउल्ला खाँ निर्वाचनमा उत्रिएका थिए ।
मुख्य निर्वाचन अधिककृत तेजनारायण पौडेलले दिएको जानकारी अनुसार महिला सदस्यहरुमा विमला सिंह थारु, निलम सिंह ठकुरानी र जानुका क्षेत्री बिजयी भएका छन् । यसैगरी अन्य सदस्यहरुमा चेतबहादुर घर्तिमगर, गुट्टु थारु र जुल्फकर अलि मनिहार विजयी भए भने अल्पसंख्यकमा नफिस नाउले बिजयी हासिल गरे ।
९ सदस्यीय जिल्ला समन्वय समितिमा काँग्रेस, संघिय समाजबादी फोरम, राप्रपा र माओवादी केन्द्र गठबन्धनले बिजयी हासिल गरेको हो । मुख्य निर्वाचन अधिकृत पौडेलले जम्मा मतदाता १६ रहेको अवस्थामा विजयी हुने उम्मेदवारले ९ मत प्राप्त गरेको र पराजित हुनेले ७ मत प्राप्त गरेको जानकारी दिए । यो नतिजा संगै चार स्थानीय तह जितेको एमालेले जिल्ला समन्वय समितिमा निरास हुनु परेको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दृष्टिविहीन बालबालिका अधिकारका लागि बालक्लबमा संगठित

२५ श्रावण २०७४, बुधबार १४:११
सदरलाइन / सिराज खान  २५ साउन, नेपालगन्ज : दृष्टिविहीन बालबालिकाहरुले आफ्नो अधिकार र क्षमता विकासका लागि बालक्लब गठन गरेर संगठित भएका छन् । स्थानीय मंगलप्रसाद माध्यमिक विद्यालयको स्रोत कक्षामा अध्ययनरत दृष्टिविहिन बालबालिकाहरुले एक भेलाको आयोजना गरेर नव प्रतिभा नामक बाल क्लब गठन गरी सो क्लबमा संगठित भएका छन् । दृष्टिविहिन […]