नेपालगञ्ज–२१ को नयाँबस्तीमा झडप हुँदा दुई घाइते

३१ श्रावण २०७७, शनिबार २२:३२
 


नेपालगञ्ज : नेपालगञ्ज वडा नं–२१ को नयाँबस्तीमा दुई युवा समूहबीच झड्प हुँदा दुई गम्भीर घाइते भएका छन् । बाँके प्रहरीका अनुसार शनिबार साँझ दुई युवा समूहबीच भएको झडपबाट राज खड्का र सलमान खान घाइते भएका छन् ।

खड्काकोे घाँटी र ढाडमा काटिएको चोट छ । भने सलमानको ढाड र खुट्टामा घाउ लागेको छ । केही समय पहिले समय ती युवाबीच सामान्य कुटाकुट भएको थियो । त्यही कुरालाई लिएर शनिबार साँझ सहमति गर्ने भनेर जम्मा भएको थिए ।

घाइते खडकाको घाँटीबाट रगत बगिरहेकाले नेपालगञ्ज मेडिकल कलेजमा पुर्याइँदा सम्भव नभएको भन्दै कोहलपुर रिफर गरिएको र सलमानको नेपालगञ्जमै उपचार सुरु भएको र दुबै खतरा मुक्त रहेको जिल्ला प्रहरी बाँकेका प्रहरी निरिक्षक हृदेश सापकोटाले जानकारी दिए । उनले घटनाको अनुसन्धान सुरु गरेको बताए ।


 

 

Next Post

सजाय निर्धारण तथा कार्यान्वयन

३१ श्रावण २०७७, शनिबार २२:३२
दुर्गाकुमारी खड्का  ,  हालसम्म नेपालमा अपराधीकरण नगरिएका आपराधिक कार्यलाई अपराधीकरण गरी कसुर कायम गर्ने, न्यायपूर्ण, शान्तिपूर्ण र सुरक्षित समाज सिर्जना गरी सर्वसाधारणको हित र सदाचार कायम गर्नका लागि फौजदारी कसुर गर्ने कसुरदारलाई उचित सजाय निर्धारण गर्ने तथा त्यस्तो सजाय कार्यान्वयन गर्ने, फौजदारी न्याय प्रणालीको समयसापेक्ष सुधार गरी आधुनिकीकरण तथा प्रभावकारी […]