हुम्लामा टेलिकम कार्यालय घेराउ

२० चैत्र २०७५, बुधबार १६:२८
 

सदरलाइनडटकम,
हुम्ला : नेपाल टेलिकमका कर्मचारीकै चरम लापरवाहीले हुम्लामा एक हप्तादेखि बन्द भएको सञ्चार अहिलेसम्म सञ्चालनमा नआएको भन्दै स्थानीय बासिन्दाद्वारा नेपला टेलिकम कार्यालय घेराउ गरेका छन् । चैत १४ गतेको बिहान साढे सात बजेबाट टेलिफोन, एडिएसल, इन्टरनेट, स्काई र नमस्ते फोन विच्छेद भएको छ । एक साता बितिसक्दा समेत मर्मत नगेरको भन्दै स्थानीयले कार्यालय घेराउ गरेका हुन् ।
सिमकोट लाग्नाको किर्ने खर्कमा रहेको रेडियो लिंकमा समस्या आएपछि नेपालगञ्ज क्षेत्रीय निर्देशानलयबाट दुई जना प्राविधिक पुगेपनि टावर मर्मत गर्न नजाँदा स्थानियवासी आन्दोलित बनेका हुन् । क्षेत्रीय कार्यालय नेपालगञ्जबाट टावर मर्मत गर्ने भनि आएका दुई जना प्राविधिक टावर भएको स्थानमा जान नसकेको र लेक लागेको भन्दै अन्य ठाउँमा घुम्न गएको भन्दै कार्यालय घेराउ गरेको सिमकोट गाउँपालिका कार्यक्रम अधिकृत स्थानिय जंग रोकायाले बताए ।
स्थानियवासी आन्दोलित हुँदा नेपाल टेलिकम शाखा कार्यालयका प्रमुख शिवप्रसाद भट्टराईले भने बुधवार प्राविधिक टोली जिल्लामा पुगेपनि लेक लाग्ने भएको भन्दै बिहीवार मात्रै प्राविधिक टोली गएर मर्मत गर्ने प्रतिबद्धता जनाएका छन् । शनिवार बिहान साढे सात बजेदेखि सदरमुकाम सिमकोटमा टेलिफोन, इन्टरनेट सेवा सञ्चालनमा आउन नसक्दा यहाँका सेवाग्राहीले निकै सास्ती खेप्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए ।

Next Post

मन्त्री राईद्वारा महासंघ बाँकेको भवन शिलान्यास

२० चैत्र २०७५, बुधबार १६:२८
सदरलाइनडटकम, नेपालगञ्ज : शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले तीन कोठे व्यावसायिक भवन बनाउने तयारीमा छ । मन्त्री राईले बुधवार भवनको शिलान्यास गरे । राईले संसद विकास कार्यक्रमअन्तर्गत ५ लाख सहयोग गर्ने भएपछि महासंघले आफ्नो जग्गामा भवन बनाउन लागेको हो । भवनको शिलान्यास गर्दै […]