सदरलाइनडटकम,
नेपालगञ्ज : शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले तीन कोठे व्यावसायिक भवन बनाउने तयारीमा छ । मन्त्री राईले बुधवार भवनको शिलान्यास गरे ।
राईले संसद विकास कार्यक्रमअन्तर्गत ५ लाख सहयोग गर्ने भएपछि महासंघले आफ्नो जग्गामा भवन बनाउन लागेको हो । भवनको शिलान्यास गर्दै मन्त्री राईले जिल्लाको पत्रकारिताक्षेत्रको विकासका लागि आफुले सक्दो सहयोग गर्ने बताएका हुन् । उनले समग्र जिल्लाको विकासका लागि सञ्चार क्षेत्रको पहल आवश्यक रहेको उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले व्यावसायिक भवन निर्माण भएपछि भाडामा दिने र त्यसबाट आउने पैसाले पत्रकारिता क्षेत्रको बृत्ति विकासमा खर्च गर्ने बताएका थिए ।
