कोरोनाबाट बाँकेमा एक महिलाको मृत्यु

सदरलाइन संवाददाता १३ भाद्र २०७८, आईतवार १६:१९
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

कोहलपुर नगरपालिका–११ की ६० वर्षीया महिलाको उपचारका क्रममा भेरीमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उनलाई १० गते भेरीमा भर्ना गरिएको थियो । त्यसको भोलिपल्ट कोभिड पुष्टि भएको थियो ।


उनको उपचारका क्रममा आइतवार दिउँसो पौने एक बजेतिर मृत्यु भएको हो । योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय २९ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीनदी तटीय क्षेत्रका बासिन्दालाई तत्काल स्थानान्तरण गर्नुपर्ने

१३ भाद्र २०७८, आईतवार १६:१९
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा पर्ने राप्ती नदी तटिय क्षेत्रका बासिन्दालाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएको छ । राप्तीको समानान्तर वग्ने डुडुवा नालामा आएको बाढीले वस्ति र उर्वरखेती योग्य जमिन कटान गरिरहेपछि खतरा बढेको हो । डुडुवा नालाको बाढीले खासगरी खडैचा क्षेत्रमा तीब्र कटान गरेको छ । बाढी गाउँको […]