स्व गजेन्द्र नारायणको योगदानको नेपालगन्जमा चर्चा

१० माघ २०७४, बुधबार २०:२८
 

सदरलाइनडटकम  
१० माघ, नेपालगन्ज : स्व गजेन्द्र नारायण सिंहको १६ औँ वार्षिक पुण्य तिथिको अबसर बाँकेमा बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।
राजपा नेपाल बाँकेको अध्यक्ष मण्डलका सदस्य फुलचन्द्र तिवारीको आयोजनामा कार्यक्रमको गरिएको थियो । सानोश्री ताराताल नगरपालिकाका पुर्व कार्यकारी अधिकृत तथा नेपालगन्ज निवासी बसन्त कनौजियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गजेन्द्र नारायण सिंहको योगदानको बारेमा चर्चा परिचर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले गजेन्द्र नारायण सिंहले देखाएको मार्गलाई बर्तमान नेताहरु अनुशरण गर्न सकेको भए मधेश अहिले सम्म बिभेदमुक्त भईसकेको हुने थियो, भन्नेमा जोड दिएका थिए ।
मधेश आन्दोलनको प्रणेता मानिएका गजेन्द्र नारायण सिँहले मधेशको लागि धेरै उपलब्धि गरेर गएको तर अहिले ती उपलब्धी पनि ओझेलमा पर्दै गएको वक्ता गुनासो गरेका थिए ।
मधेशी वर्गको हकहित र सम्मानको लागि स्व गजेन्द्र नारायणले शुरुवात गरेको आन्दोलन अहिलेका स्वार्थवादी मधेशका मसिहाहरुले गर्दा ओझेलमा पर्दै गएको वक्ताहरुको भनाई रहेको थियो ।
१६ औ पुण्यतिथिको अवसरमा स्व गजेन्द्र नारायण सिँहको बिचार र बर्तमान राजनीति बिषयक बिचार गोष्ठीमा ज्ञात अज्ञात सहीदहरु प्रति श्रद्धासुमन सहित स्व गजेन्द्र नारायणको फोटोमा सँयो जनाले माल्यार्पण समेत गरेका थिए ।
धुव्र कुमार बिश्वकर्माले सँचालन गरेको कार्याक्रममा राजपा बाँकेका वरिष्ठ नेता देबेन्द्र शर्मा, केन्द्रिय सदस्य मुन्नन खाँ, तथा जिल्लाका सफीक अहमद शाह, नुरआलम फारुकी, जमील, फुलचन्द तिवारी लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा एक सय बढीको उपश्थिति रहेको थियो भने सहभागीहरुले गजेन्द्र बाबूले देखाएको मार्गको विषयमा विस्तृत रुपमा सबैमा जानकारी गराइ दिएकोमा र यस अबसरमा आमंत्रित गरेकोेमा आयोजक लाई धन्यबाद दिएका थिए । जिएम यादवको सहयोगमा

Next Post

नेपाल चिकित्सक संघ भेरीमा डा. कर्ण

१० माघ २०७४, बुधबार २०:२८
सदरलाइनडटकम ११ माघ, नेपालगन्ज : नेपाल चिकित्सक संघ, भेरी शाखाको अध्यक्षमा डा। बिनोद कर्ण विजय भएका छन् ।  उनले ८१ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी डा. केएन जोशीले १६ मत प्राप्त गरेका थिए । यसैगरी डा सुभाष पाण्डे उपाध्यक्ष, डा पियुष कुमार कानोडिया सचिव, डा प्रज्ञा गौतम […]