लक्ष्मणपुर बाँधको समस्या बारे भारतसंग कुरा गर्न माग

२० चैत्र २०७४, मंगलवार १९:०७
 

सदरलाइनडटकम
२० चैत, नेपालगन्ज ः २० चैत, नेपालगन्ज  :  नेपाल—भारत अन्तर्रा्ष्ट्रिय सिमाना र डुबान समस्या समाधानमा प्रधानमन्त्रीको भ्रमण केन्द्रित हुनुपर्ने सुझाव आएको
छ ।
सिमानामा आफूहरुले भोग्नु परेका समस्या समाधानका लागि प्रभावित पक्षले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण यही चैत २३ गतेदेखि हुदै छ । दुई देशबीचको खुला सीमा र सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेका बँध,तटबन्ध, सडक, निकुञ्ज र आरक्ष जस्ता संरचनाका कारण सिमानाका नेपालीले समस्या भोग्नु परेको गुनासो छ ।
जीविकोपार्जनसँग प्रत्यक्ष रुपमा जोडिएका विषय तथा खाद्य अधिकारसमेत हनन हुने अवस्था उत्पन्न भएको जनाउँदै उनीहरुले सीमावर्ती क्षेत्रमा सिर्जित समस्या समाधानका निम्ति ठोस प्रयास गर्न तथा ती विषयलाई प्रमुख प्राथमिकताका साथ उठाउन अनुरोध गरेका छन् ।
लक्ष्मणपुर बाध पीडित संर्घष समितिका राजकुमार शुक्लाका अनुसार, सीमावर्ती क्षेत्रमा निर्माण भएको महलीसागर, लक्ष्मणपुर, कलकलवा, रसियालखुर्दलोटन, कैलाशपुरी, कोइलाबास, लुना, खाँडो बाँध तथा तटबन्धका कारण वर्षायाममा नेपाली भूमि डुबानमा परेको र समस्या समाधानका लागि पटक पटक प्रयास भए पनि त्यसबाट कुनै निष्कर्ष ननिस्केको दुःखेसो छ ।
नेपालमा वर्षेनी डुबान र कटान भइरहेको तथा हरेक वर्षायाममा सीमावर्ती क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको यथार्थ सुनाउँदै स्थानीयवासीले डुबानका कारण खेतीयोग्य जमीन बगरमा परिणत भएको, बालीनाली नष्ट भएको तथा पशुचौपाया र धनमाल गुमाउँदै आएकाले दीर्घकालीन समस्या समाधानको उपाय खोज्नै पर्ने माग गरेका छन् ।

Next Post

लागूऔषध दुव्र्यसनविरुद्ध सामूहिक हातेमालोको आवश्यक्तामा जोड

२० चैत्र २०७४, मंगलवार १९:०७
सदरलाइनडटकम २० चैत, नेपालगन्ज  : लागू औषध दुव्र्यसनका विरुद्ध सामूहिक हातेमालोको आवश्यक्तामा मंगलबार नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् । नेपालगन्ज उप–महानगरको साझेदारीमा सहारा हाउस, सामना ड्रग रिहाव सेन्टर, नवकिरण ड्रग रिहाव सेन्टर, पे्ररणा ड्रग रिहाव सेन्टरद्वारा मंगलबार संयुक्त रुपमा आयोजित एक कार्यक्रमका सहभागिले सो कुरा औल्याएका हुन । […]