राँझा विमानस्थलमा कुकुरसहितको विशेष जाँच

सदरलाइन संवाददाता २४ आश्विन २०७८, आईतवार १५:५३
 

नेपालगञ्ज : नेपालगञ्जको राँझा एअरपोर्टमा आइतवार तालिम प्राप्त कुकुरसहितको विशेष जाँच गरिएको छ । विमानस्थलबाट वाहिरिने र भित्रिने सबैलाई नेपाल प्रहरीको तालिम प्राप्त कुकुर लभ र व्यूटीले जाँच गरेका हुन् ।

यसअघि शनिवार जमुनाहा नाकामा जाँच गरिएको थियो । लभ र ब्यूटीले भारतबाट विमानस्थलमा मानिस, सवारी साधनलाई जाँच गरेका थिए । चाडपर्वको मौकामा अपराधिक घटना हुन सक्ने आंशकामा प्रहरीले विभिन्न रणनीति बनाएर जाँचलाई तीब्र पारेको छ ।


दुई वटा तालिम प्राप्त कुकुर लिएर प्रहरी निरीक्षक बासुदेव सुवेदी राँझा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतवार ६ जनामा कोरोना पुष्टि

२४ आश्विन २०७८, आईतवार १५:५३
नेपालगञ्ज : बाँकेमा आइतवार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४४ नमुना परीक्षण गर्दा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा १४ नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको छ । भेरीमा ८ र बागेश्वरीमा १४ नमुना परीक्षण गर्दा सबै रिपोर्ट […]

सम्बन्धित