अभ्यासका क्रममा ग्रिनेड विस्फोट, चारजना घाइते

१९ माघ २०७४, शुक्रबार १४:०२
 

काठमाडौँ, १९ माघ । महाराजगञ्जस्थित भैरवनाथ गणमा अभ्यासका ग्रिनेड विस्फोट हुँदा चारजना सैनिक घाइते भएका छन् ।


नियमित सैनिक अभ्यासका बेला आज बिहान ग्रिनेड विस्फोट हुँदा एकजना सैनिक गम्भीर घाइते र अन्य तीनजना सामान्य घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।


गम्भीर घाइते भएकाको छाउनीस्थित नेपाली सेनाको अस्पताल र अन्य तीनजनाको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Next Post

रोल्पामा पनि मकै छोडाउने कर्न सेलरको माग बढ्दै

१९ माघ २०७४, शुक्रबार १४:०२
कविता उपाध्याय/रासस रोल्पा । रोल्पामा कर्न सेलर (मकै छोडाउने मेशिन) निकै प्रभावकारी भएपछि यसको माग बढ्दै गएको कृषक समूहले बताएका छन् । विकास सरोकार समाज (डिकोस) रोल्पाद्वारा सञ्चालित कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन कार्यक्रम (पहल) परियोजनाले जिल्लामा काम गर्दै आएका साविकका छवटा गाविसमा कर्न सेलर प्रदर्शनीपश्चात् वितरण गरेपछि यसको माग […]